९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋषभ पन्तले धोनीको कीर्तिमान तोडे



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका विकेटकीपर–ब्याट्सम्यान ऋषभ पन्तले सर्बाधिक रन बनाउने उपलब्धि हासिल गरेका छन् ।

ऋषभले मंगलबार राति वेस्ट इन्डिज विरुद्धको सिरिजमा ४ छक्का र ४ चौकाको मद्दतमा ४२ बलमा ६५ रनको विष्फोटक प्रदर्शन गरेका थिए । यो रन भारतको तर्फबाट टि–२० क्रिकेटमा विकेटकीपरले बनाएको उच्च स्कोर हो ।

यसअघि अर्का विकेटकीपर–ब्याट्सम्यान महेन्द्रसिंह धोनीले भारतको तर्फबाट सर्बाधिक ५६ रन बनाएका थिए । उनले २०१७ मा बैंग्लोरमा इंग्ल्याण्डविरुद्ध ५६ रन बनाएका थिए ।