१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

मेची अस्पताल सेवाग्राही मैत्री बन्न सकेन, भीडभाडले अस्त व्यस्त देखिएपछि निजीमा धाउनु पर्ने बाध्यता

मेची अस्पताल सेवाग्राही मैत्री बन्न सकेन, भीडभाडले अस्त व्यस्त देखिएपछि निजीमा धाउनु पर्ने बाध्यता
अ अ+ अ-

भद्रपुर । विगतमा सुनसान जस्तै रहने मेची अञ्चल अस्पताल पछिल्ला दुई वर्षयता भीडभाड त बन्न सफल भयो तर विगतको असक्षम प्रशासनिक संयन्त्र निरन्तर रहँदा सेवाग्राही मैत्री बन्न सकेको छैन ।

भद्रपुर स्थित अञ्चल अस्पताल परिसर हरेक दिन भीडभाडले अस्त व्यस्त देखिए पनि व्यवस्थापकीय कमजोरीका कारण सेवाग्राही मैत्री बन्न नसक्दा विरामी निजी अस्पताल धाउनु पर्ने बाध्यतामा पर्ने गरेका छन् ।

प्रशासनको जिम्मेवारी लिएकाले सन्तुलित सेवा प्रवाहमा आफू मातहतका डाक्टर लगायत कर्मचारी परिचालन गर्न नसक्दा अस्पतालमा उपचारमा आउने विरामी निजी क्लिनिक वा अस्पताल धाउन बाध्य हुने गरेका हुन् । १०—४ को ओपिटी सेवा भनिए पनि अस्पतालमा ११ वजेदेखि १२.३० भन्दा पछाडि अधिकाम्स डाक्टर कार्य कक्षमा भेटिदैनन् ।

विशेषज्ञ सेवा लिनेले कि त डाक्टरका निजी क्लिनिकमा पुग्नु पर्ने हुन्छ या त निजी अस्पतालको महंगो सेवामा पुग्नु पर्ने बाध्यता नरोकिँदा अञ्चल अस्पतालको सेवामा सेवाग्राही विश्वस्त हुन सकिरहेका छैनन् ।

अस्पतालका प्रमुखदेखि विकास समिति मार्फत मेडिकल अफिसरको जिम्मेवारीमा रहेका नयाँ डाक्टर समेत दैनिक आधादर्जन बढी निजी क्लिनिक तथा अस्पताल भ्याउने गरेका छन् । जसका कारण अस्पतालको सेवामा भने नकारात्मक असर परिरहेको छ ।

स्वास्थ्य विमा लागु भएपछि विरामीको भिडभाड बढ्न थालेको अस्पतालमा विशेषज्ञ डाक्टरहरूले समयमा उपचार कक्षमा नआइ दिने, विरामीसित मित्रवत व्यवहार नगरिदिने, एउटा टक्टरले हेरेको विरामी अर्को डक्टरले हेर्न नमान्ने तथा निजी क्लिनिकमा आउन बाध्य पार्ने व्यवहारका कारण अञ्चल अस्पतालको उपचार सेवाको विश्वास घट्दै गएको पीडितहरू बताउने गर्दछन् ।

पछिल्लो पटक स्वास्थ्य विमा गरेका विमितले उपचार सेवा लिँदा अस्पतालको फार्मेसीबाट अनावश्यक रकम काटिने गरेको समेत सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । तल्ला तहदेखि माथिल्लो तहसम्मका अधिकाम्स प्राविधिक तथा कर्मचारी निजी क्लिनिकमा व्यस्त हुँदा जनमैत्री सेवा प्रदान हुन नसकेको स्थानीय बताउने गर्दछन् ।

गरीब असाह्य तथा निरिह नागरिकको स्वास्थ्य उपचार केन्द्रको परिचयमा सिमिति रहँदै आएको अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरू समयमा अस्पताल आइ नपुग्ने, सरकारले तोकेको समय सीमाभर नबस्ने तथा निजी अस्पताल र क्लिनिक धाउने परिपाटीका कारण विरामीहरू समस्यामा पर्ने गरेको गुनासो गर्छन् ।

मेची अञ्चल अस्पताल बचाऔं अभियानका अभियन्ता रूद्र निरौलाका अनुसार सरकारको लगानी नागरिकको स्वास्थ्य उपचारमा परिचालन गरेर व्यवस्थापन हुन नसक्दा अस्पतालमाथि जनविश्वास गुम्दै गएको हो । विशेषज्ञ सेवा भएको अञ्चल अस्पताल भित्र आन्तरिक कलहले प्राथमिकता पाउँनु जनश्वास्थ्यमाथि खेलवाड रहेकोले नेतृत्वले तत्काल रोक्नु पर्ने माग निरौलाको छ ।

यस्तै गत आर्थिक वर्षमा अस्पतालमा सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पाठेघर (आङ खस्ने) रोगीहरूका लागि ल्याएको निःशुल्क शल्यक्रिया अन्तर्गतको दुईलाख बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्ष २०७५/ २०७६ का लागि नेपाल सरकारले अञ्चल अस्पताल भद्रपुरलाई ५० जना विरामीका लागि ६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको भएपनि २ लाख ७५ हजार रुपैयाँ फ्रिज भएको हो ।

सरकारले स्वास्थ्यकेन्द्रमा यसको निःशुल्क शल्यक्रिया तथा औषधीको व्यवस्था गरेको छ । शल्यक्रिया गरेका र बिरामीका कुरुवालाई समेत सरकारले निःशुल्क खानपिनको व्यवस्था गरेको छ । सरकारले पाठेघर खस्ने महिलाहरूलाई लक्षित गरी ल्याएको कार्यक्रम भए पनि रोगी नआउँदा रकम फ्रिजभएको अस्पताल प्रशासनकोे भनाइ छ ।