१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छः मन्त्री पुन

प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छः मन्त्री पुन
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, कलेप्री र वोन्पोलामका मूर्ति पनि प्रदर्शनी कक्षमा राखिएको छ ।

त्यस्तै पर्यटकहरुलाई दुई सय पुरानो नेपालको संस्कृतिलगायतका विषयमा जानकारी गराउनका लागि दमाहाजस्तै सानो आकारको एकनाले बाजा ट्र्याम्पो, गन्धर्व जातिको लोकबाजा, ढ्याङ्ग्रोलाई गजाको सहायताले बजाउने बाजा, ढोलक, डम्पूm र मादललगायतका पुरातात्विक वस्तुहरुसमेत प्रदर्शनी कक्षमा राखिएको गण्डकी प्रदेश सङ्ग्रहालयको कार्यालयले जनाएको छ ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सङ्ग्रहालयलाई नमूनाको सङ्ग्रहालय बनाउनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै प्रदर्शनी कक्षलाई आयआर्जनका साथै अध्ययनको थलोका रुपमा विकास गर्नुपर्ने र यसका लागि प्रदेश सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

सङ्ग्रहालयले संस्कृति, संस्कार, जीवनपद्धति र कलाको प्रतिनिधित्व गर्ने गरेकाले यसको संरक्षण एवं संवद्र्धन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले चालू आवमा प्रदेश सङ्ग्रहालयका लागि रु एक करोड विनियोजन गरिएको जानकारी दिदैं ३५ वर्ष पुरानो सङ्ग्रहालय भए पनि सो अनुरुप प्रगति गर्न नसकेको बताउनुभयो ।

प्रदेश सङ्ग्रहालय कार्यालयका प्रमुख करुणा राईले सङग्रहालयको विकास, विस्तार, उपयोगिता र संरक्षणका विविधपक्षमाथि प्रकाश पार्नुभभयो । कार्यक्रममा तमु पेलु सङ्घका अध्यक्ष ओमबहादुर गुरुङ, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका प्रबन्ध निर्देशक शङ्करबहादुर गौतम, वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले सङग्रहालयको संरक्षण तथा सरसफाइमा जोड दिनुपर्ने बताउँदै यसको विकास तथा विस्तारका लागि प्रचारप्रसारको खाँचो देखिएको धारणा व्यक्त गर्नुभयो ।