९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड लुइज आर्सनल क्लबमा अनुबन्धित, आजै मेडिकल टेष्ट हुने



अ+ अ-

काठमाडौं । चेल्सीका डिफेन्डर डेभिड लुइज आर्सनल क्लबमा अनुबन्धित भएका छन् ।

आर्सनलसँग डेभिडले ८ मिललियन पाउण्डमा सम्झौता गरेका हुन् । ३२ वर्षीय ब्राजिलियन खेलाडी डेभिडलाई आर्सनलले दुई वर्षका लागि आफ्नो क्लबमा भित्र्याएको हो । उनको मेडिकल टेष्ट आजै हुनेछ ।

डेभिड सन् २०११ बेनिफिकाबाट चेल्सी गएका थिए । सेन्टर डिफेन्डर लउरेन्ट कोसियानी फ्रेन्च क्लब बोर्डेउ गएपछि आर्सनलले लुइजलाई उनको विकल्पमा ल्याएको थियो ।

चेल्सीबाट सन् २०१४ मा उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । पीएसजीमा करिब दुई वर्ष बिताएर फेरि उनी सन् २०१६ मा चेल्सीमै फर्किएका थिए ।