५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार भारतको आग्रह



अ+ अ-

काठमाडौं । भारत सरकारले पाकिस्तानलाई नयाँ दिल्लीसँग कुटनीतिक सम्बन्ध सीमित गर्ने तथा व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७०को खारेजीपछि पाकिस्तानले बुधबार उच्चस्तरीय बैठक बस्दै भारतसँगको कुटनीतिक सम्बन्ध सीमित गर्ने निर्णय गरेको थियो । उसले भारतसँगको व्यपारिक सम्बन्ध तत्काललाई निलम्बन गर्ने पनि निर्णय गरेको थियो । तर पाकिस्तानले यी कदमका पछाडि जुन कारण बताएको छ त्यससँग वास्तविकता मेल नखाने भारतले बताएको छ ।

बिहीबार पाकिस्तानको कदमप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानले हिजो गरेको निर्णयप्रति भारत सरकार खेद व्यक्त गर्दछ । हामी पाकिस्तानलाई त्यो निर्णयमाथि पुनर्विचार गर्न अपिल गर्दछौँ ताकि कुटनीतिक सम्पर्कको सामान्य प्रवाह बचिरहोस् ।’

भारतले धारा ३७० को खारेजी आफ्नो आन्तरिक मामिला भएको बताउँदै भारतीय संविधान सधैँ सम्प्रभूताको मामिला रहेको स्पष्टीकरण दिएको छ ।भारतीय विदेश मन्त्रालय भन्छ, ‘यो दुःखको कुरा हो कि विकासका लागि गरिएको प्रयासलाई पाकिस्तानले नकारात्मक रुपमा लिएको छ ।’