७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार भारतको आग्रह



अ+ अ-

काठमाडौं । भारत सरकारले पाकिस्तानलाई नयाँ दिल्लीसँग कुटनीतिक सम्बन्ध सीमित गर्ने तथा व्यापारिक कारोबार अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।

जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७०को खारेजीपछि पाकिस्तानले बुधबार उच्चस्तरीय बैठक बस्दै भारतसँगको कुटनीतिक सम्बन्ध सीमित गर्ने निर्णय गरेको थियो । उसले भारतसँगको व्यपारिक सम्बन्ध तत्काललाई निलम्बन गर्ने पनि निर्णय गरेको थियो । तर पाकिस्तानले यी कदमका पछाडि जुन कारण बताएको छ त्यससँग वास्तविकता मेल नखाने भारतले बताएको छ ।

बिहीबार पाकिस्तानको कदमप्रति प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानले हिजो गरेको निर्णयप्रति भारत सरकार खेद व्यक्त गर्दछ । हामी पाकिस्तानलाई त्यो निर्णयमाथि पुनर्विचार गर्न अपिल गर्दछौँ ताकि कुटनीतिक सम्पर्कको सामान्य प्रवाह बचिरहोस् ।’

भारतले धारा ३७० को खारेजी आफ्नो आन्तरिक मामिला भएको बताउँदै भारतीय संविधान सधैँ सम्प्रभूताको मामिला रहेको स्पष्टीकरण दिएको छ ।भारतीय विदेश मन्त्रालय भन्छ, ‘यो दुःखको कुरा हो कि विकासका लागि गरिएको प्रयासलाई पाकिस्तानले नकारात्मक रुपमा लिएको छ ।’