७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको प्रतिवेदनमा टिप्पणी : कांग्रेसलाई हेर्ने दृष्टिकोण देखेर दया लाग्यो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल काँग्रेसले सत्तारुढ दल नेकपाको राजनीतिक प्रतिवेदनमा काँग्रेसबारे इमान्दार दृष्टि नराखि दृष्टिदोष प्रस्तुत गरेको बताएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्ने तर दृष्टिदोषमाथि केवल दया मात्र गर्न सकिने भन्दै विनम्र ढंगले दया व्यक्त गर्ने बताए ।

उनले भने, ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ ।’ दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्ने भन्दै उनले भने, ‘दृष्टिदोषमाथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

कांग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको प्रवक्ता शर्माले बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले निजामति कर्मचारीहरुको ट्रेड युनियन, गोगंबु बसपार्क प्रकरण, नेकपाको पार्टी कार्यालय लगायतका विषयमा काँग्रेसको धारण सार्वजनिक गरेका थिए ।