१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

सुनको मूल्य हालसम्मकै उच्च, यस्तो छ कारण

सुनको मूल्य हालसम्मकै उच्च, यस्तो छ कारण
अ अ+ अ-

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा रु पाँच हजार वृद्धि भएको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ६५ हजार र चाँदी प्रतितोला रु ७७० मा कारोबार भएको थियो । छापावाल सुन शुक्रबार प्रतितोला रु ८०० ले बढेर रु ६५ हजार ८०० पुगेको थियो । आइतबार पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । आइतबार प्रतितोला रु ५०० ले बढेर रु ६६ हजार ३०० मा खरिदबिक्री भएको महासङ्घले जनाएको छ ।

एकाएक सोमबार सुनको मूल्य ह्वात्तै बढ्यो । सो दिन सुन प्रतितोला रु एक हजार ५०० बढेर रु ६७ हजार ८०० मा कारोबार भएको थियो । निरन्तर उकालो लाग्ने क्रम जारी रहेपनि मङ्गलबार भने सुनको मूल्य स्थिर रह्यो ।

मङ्गलबारको मूल्यमा प्रतितोला रु ७०० का दरले बढेर बुधबार सुनको मूल्य रु ६९ हजार ५०० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ४९७.०५ डलर छ ।

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।

लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ । सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ ।

अहिले दैनिक करिब १० किलो सुन खपत भएको महासङ्घले जनाएको छ । यसअघि दैनिक २० किलो सुन नेपालको आन्तरिक बजारमा खपत हुँदै आएको थियो । सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ ।