१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

पञ्चेश्वर बाँधस्थलमा चट्टान परीक्षण

पञ्चेश्वर बाँधस्थलमा चट्टान परीक्षण
अ अ+ अ-

कञ्चनपुर । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल पहिचान भएको लामो समयपछि चट्टान परीक्षणको कार्य भइरहेको छ । नेपाल–भारतका प्राविधिक टोलीले संयुक्तरुपमा बाँधस्थल र पावरहाउस रहने स्थानमा चट्टान परीक्षणको कार्य गर्न लागेका हुन् ।

“डडेल्धुराको रुपाली गाडमा चट्टानको अवस्था परीक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजनाका सहनिर्देशक चिरञ्जीवी चटौतले भने, “पञ्चेश्वर क्षेत्रमा कार्य शुरु गरिएको छ ।” चट्टान बलियो छ वा कमजोर छ भनेर टनेल बनाएर नै परीक्षणको कार्य भइरहेको उनले बताए ।

आयोजनाको संयुक्त विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० को खाका छलफलकै क्रममा छ, उनले भने । “डिपिआर फाइनल गर्नका लागि दुवै देशको संयुक्त कमिटी बनेको छ ।चट्टानलगायतका अन्य कुराबारे परीक्षण गरी कमिटीमा रिर्पोट दिन्छौँ । त्यसपछि अन्य कार्य अगाडि बढ्छन्”, उनले भने ।

अहिलेसम्म आयोजनाको उल्लेखनीय कार्य भने केही हुन नसकेको सहनिर्देशक चटौतको भनाइ छ । संयुक्त विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने जिम्मा भारतको ‘वाटकोस’ लिमिटेडले पाएको छ । नेपाल सरकार तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा विसं २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना द्वि–राष्ट्रिय लगानीमा संयुक्तरुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।

विसं २०६६ मङ्सिर ९ गते नेपाल सरकारका जलस्रोत सचिव र भारत सरकारका जलस्रोत सचिवको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।

द्विपक्षीयरुपमा आयोजनालाई गति दिनका लागि विसं २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पछि परियोजना अघि बढाउने सहमतिअनुसार पञ्चेश्वर विकास प्राधिकरणको पहिलो बैठकले विधान पारित गरी परियोजनाको संयुक्त विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने जिम्मा भारतीय कम्पनीलाई दिने सहमति भएको थियो ।

पञ्चेश्वर र रुपाली गाडको गरी छ हजार ७२० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । परियोजना सम्पन्न गर्नका लागि तीन खर्ब ३६ अर्ब ९७५ अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यो आयोजना ७० मेगावाट क्षमताको मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाभन्दा १० गुणा, ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाभन्दा छ गुणा सस्तो छ ।

त्यसैगरी आयोजनाले विस्थापित गर्ने प्रतिमेगावाट जनसङ्ख्याको हिसाबले पश्चिम सेती जलविद्युत् आयोजनाभन्दा २५०५ ले कम, डुबानको हिसाबले २२०५ ले कम र उत्पादनको हिसाबले ४५०५ ले बढी हुन्छ ।

त्यसैगरी, आर्थिक सूचाङ्कको हिसाबले आइआरआर २५.४, लाभ लागत अनुपात २.५२ र उत्पादन लागत २.५५ प्रतिकिलोवाट घण्टा नै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको अर्को सवल पक्षको रुपमा रहेको छ ।

जलाशययुक्त आयोजनाका रुपमा रहेको पञ्चेश्वरले महाकाली नदीमा बाढीको रुपमा आउने पानीलाई जम्मा गरी सुख्खायाममा सिँचाइको रुपमा प्रयोग गरेर कैलाली र कञ्चनपुरमा खाद्यान्न उत्पादन वृद्धि, माछापालनलगायका कार्यमा सहयोग गर्ने छ ।