९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भलिबल टिमको घोषणा, १४ सदस्यीय टोलीमा को-को परे ?



अ+ अ-

काठमाडौं । एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टिमको घोषणा भएको छ ।

डच प्रशिक्षक हान एबिङले आज १४ सदस्यीय भलिबल टिमको घोषणा गरेका हुन् । छनोट हुने टोलीको कप्तानी इम रानाले गर्ने भएका छन् । टोलीमा टेकराज अवस्थी, राजेन्द्र विष्ट र दुर्गा खड्का पहिलो पटक टिममा परेका छन् ।

यस्तै धनबहादुर भट्ट, कुलबहादुर थापा, विशाल विक र हरिबहादुर अधिकारी रहेका छन् । त्यस्तै, दिपकराज जोशी, इश्वर थापामगर, हरिहजर थापा, राजकुमार निरौला, नरेन्द्र गिरि, विनोदबाहादुर चन्द रहेका छन् ।

लगनखेलमा यहि भदौ २ गतेदेखि प्रतियोगिता सुरुहुदैछ । सात देशको सहभागिता रहने प्रतियोगितामा आयोजक नेपालसँगै तुर्कमिनिस्थान, किर्गिस्तान, उब्जेकिस्तान, अफगानिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन् ।