३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

शक्तिशाली राष्ट्रले कमजोरमाथि शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : रघुजी पन्त

शक्तिशाली राष्ट्रले कमजोरमाथि शर्त लाद्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : रघुजी पन्त
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो इच्छा र शर्त लाद्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा ‘महान ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तकको नेपाली संस्करण विमोचन समारोहमा बोल्दै पन्तले विश्वमा शक्ति र प्रभावका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

उहाँले नेपाल र चीनका जनता भगवान बुद्धका विचार र भावनाबाट प्रभावित रहेको उल्लेख गर्दै बुद्धका शिक्षाले शान्ति, सहअस्तित्व र आपसी सम्मानको सन्देश दिने बताउनुभयो । नेपाली समाजमा विभिन्न धर्म मान्ने भए पनि भगवान बुद्धप्रति विशेष सद्भाव, आस्था र विश्वास रहेको उहाँको भनाइ थियो ।

पन्तले हालै भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले व्यक्त गरेको विचार ग्लोबल साउथका देशहरूका लागि महत्वपूर्ण रहेको बताउनुभयो । बलियो राष्ट्रको मात्रै जित हुनुपर्छ भन्ने तर्क स्वीकार्य नहुने भन्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समानता र आपसी सम्मानका आधारमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

विश्वका शक्तिशाली राष्ट्रहरूले आफूले भनेको नमान्ने साना राष्ट्रमाथि आक्रमण गर्ने र दबाब सिर्जना गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै पन्तले यस्तो व्यवहार स्वीकार्य नहुने बताउनुभयो । उहाँले अहिले विश्वमा व्यापार तथा ट्यारिफ युद्ध चलिरहेको भन्दै शक्ति र प्रभावका आधारमा देशहरूबीच सम्बन्ध निर्धारण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बलियाको नै जित हुनुपर्छ भन्ने तर्क मान्य हुँदैन र यसलाई धेरै पहिले नै त्याग्नुपथ्र्यो । हामीले देखिरहेका छौं, बलिया देशहरूले आफूले भनेको मानेन भनेर साना देशहरूमाथि आक्रमण गरिरहेका छन् । आफ्ना शर्त नमानेको भन्दै दबाब सिर्जना गर्ने र अहिले संसारमा ट्याक्स वार, टेरिफ वार चलिरहेको अवस्था छ ।’

पन्तले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्लेटफर्मलगायत नयाँ प्रविधिको प्रयोगका विषयमा समेत विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रविधिको विकास र प्रयोग कुनै एक देश वा शक्तिको नियन्त्रणमा सीमित हुन नहुने उहाँको भनाइ थियो ।

ग्लोबल साउथका देशहरूले समानता, आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आवाज उठाउनुपर्नेमा जोड दिँदै पन्तले विश्वमा कुनै एक देश वा शक्तिको हैकम चल्ने अवस्था स्वीकार गर्न नहुने बताउनुभयो ।