१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा  यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग



अ+ अ-

हेटौँडा। मकवानपुरको हेटौँडाका पाँच शैक्षिक संस्थाले ३२ लाख पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

हेटौँडा स्कुल अफ म्यानेजमेन्टले रु २० लाख, नवोदय शिशु सदनले छ लाख ५० हजार, नारायणी कलेजले दुई लाख, सोलिड्यारिटी इन्टरनेसनल एकेडेमीले दुई लाख र तुलसीमेहर मेमोरियल स्कुलले एक लाख ५५ हजार रुपैयाँ सहयोग गरेका हुन्।

हेटौँडा स्कुल अफ म्यानेजमेन्टका तर्फबाट १५ लाख र त्यहाँका प्राध्यापक तथा कर्मचारीका तर्फबाट पाँच लाख गरी रु २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

नवोदय शिशु सदनका तर्फबाट पाँच लाख तथा शिक्षक र कर्मचारीका तर्फबाट एक लाख ५० हजार गरी छ लाख ५० हजार रुपैयाँ उक्त कोषमा जम्मा गरिएको हो ।