७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको घटना मिलाउन खोज्दा झडप



अ+ अ-

जलेश्वर । बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ ।
सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए । तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।

पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए । छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो ।