१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीपछि सम्पर्कविहीन सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उहाँले प्रभावित क्षेत्रमा सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री भट्टले सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

बैठकले भोटेकोशी बाढीमा परेका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । साथै, प्रदेशमा बाढी तथा अन्य विपद्को सम्भावनालाई ध्यानमा राख्दै सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधान तथा लागुऔषध नियन्त्रणका लागि प्रभावकारी अभियान सञ्चालन गर्नेबारे पनि छलफल भएको थियो । रासस