१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग



अ+ अ-

जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु सात लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। साथै गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट कट्टा गरी रु १५ लाख १५ हजार ५१५ सहयोग रकम सङ्कलन गर्ने निर्णय गरिएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार साह र प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उल्लेख छ।

प्राकृतिक विपद् परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ। विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गर्दै गाउँपालिकाले भोटेकोशी बाढीले दिएको पीडा कुनै एउटा भूगोल वा समुदायको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गरेको छ।

प्राकृतिक विपद्का बेला पीडामा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्य, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, सङ्घसंस्था तथा आम नागरिक सबैलाई आफ्नो स्थानबाट सहयोग आग्रह गरेको छ। रासस