२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई परिणामुखी बनाएपछि महाधिवेशन: प्रवक्ता श्रेष्ठ



अ+ अ-

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई परिणाममुखी बनाएपछि मात्र पार्टी महाधिवेशनमा जाने बताएका छन् । सरकारलाई अझै प्रभावकारी र परिणाममुखी कसरी बनाउने अब छलफल सुरु हुने उनको भनाई थियो ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सरकारबाट अहिलेसम्म भएका नीतिगत कामका सकारात्मक पक्षलाई अझ बढी जोड दिँदै परिणाममुखी प्रभावकारी बनाउने काममा नयाँ ढंगले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्छौं भन्ने बताए ।

उनले पार्टी र सरकारका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन स्वच्छ आलोचना पनि चाहिने उनले बताए । ‘पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुले व्यक्तिगतरुपमा कुनै टीकाटिप्पणी र आलोचना गर्नु छ भने पार्टीभित्रै गरौं भनेका हौं,’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एकतालाई कमजोर बनाउने र सरकारलाई असफल बनाउने कोणबाट आलोचना नगरौं ।’