१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई परिणामुखी बनाएपछि महाधिवेशन: प्रवक्ता श्रेष्ठ



अ+ अ-

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई परिणाममुखी बनाएपछि मात्र पार्टी महाधिवेशनमा जाने बताएका छन् । सरकारलाई अझै प्रभावकारी र परिणाममुखी कसरी बनाउने अब छलफल सुरु हुने उनको भनाई थियो ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सरकारबाट अहिलेसम्म भएका नीतिगत कामका सकारात्मक पक्षलाई अझ बढी जोड दिँदै परिणाममुखी प्रभावकारी बनाउने काममा नयाँ ढंगले कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्छौं भन्ने बताए ।

उनले पार्टी र सरकारका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन स्वच्छ आलोचना पनि चाहिने उनले बताए । ‘पार्टीका नेता, कार्यकर्ता र सदस्यहरुले व्यक्तिगतरुपमा कुनै टीकाटिप्पणी र आलोचना गर्नु छ भने पार्टीभित्रै गरौं भनेका हौं,’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी एकतालाई कमजोर बनाउने र सरकारलाई असफल बनाउने कोणबाट आलोचना नगरौं ।’