२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना: ३ को मृत्यु, ८ घाइते



अ+ अ-

हेंटौडा । मकवानपुरको भीमफेदीमा शुक्रबार दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घनामा परी मृत्यु हुनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ बस्ने वर्ष ७० का वीरसिंह वाइबा र सर्लाही बरथवा ३ बस्ने ६० वर्षीय महेन्द्र सहनी रहेका छन् ।

१० महिने शिशुको हेटौंडा ल्याउँदै गर्दा र अन्य दुई जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।

घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख सिंहले बताए।

दुर्घटना लगत्तै सुमो चालक सर्लाहीका २७ वर्षीय राजकुमार बस्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।