१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना: ३ को मृत्यु, ८ घाइते



अ+ अ-

हेंटौडा । मकवानपुरको भीमफेदीमा शुक्रबार दिउँसो टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो हेटौंडा–भीमफेदी–कुलेखानी—काठमाडौं सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेतमा सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घनामा परी मृत्यु हुनेमा रामेछापको रजन गाउँका सविता माझीकी १० महिनाकी छोरी साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ बस्ने वर्ष ७० का वीरसिंह वाइबा र सर्लाही बरथवा ३ बस्ने ६० वर्षीय महेन्द्र सहनी रहेका छन् ।

१० महिने शिशुको हेटौंडा ल्याउँदै गर्दा र अन्य दुई जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।

घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख सिंहले बताए।

दुर्घटना लगत्तै सुमो चालक सर्लाहीका २७ वर्षीय राजकुमार बस्याललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।