१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित



अ+ अ-

काठमाडौं त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ।

आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको हो।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाबारे स्थलगत निरीक्षण गरी सम्भावित जोखिमको मूल्यांकन गरिरहेको छ। जोखिमलाई ध्यानमा राख्दै उद्धार कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा अघि बढाइएको जनाइएको छ।

उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको छ। प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल बने पनि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको आयोजनाले जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरण गर्दै उद्धार कार्यलाई निरन्तरता दिइएको छ।