१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो



अ+ अ-

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ठूलो मानवीय सहयोग घोषणा गरेको छ।

यूएईले नेपाललाई १ करोड अमेरिकी डलर (करिब १३५ करोड रुपैयाँ) मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको हो। यो हालसम्म नेपालले प्राप्त गर्ने सबैभन्दा ठूलो एकमुष्ट अन्तर्राष्ट्रिय सहयोगमध्ये एक भएको जनाइएको छ।

यसैगरी, यूएईले बाढी तथा पहिरो प्रभावितका लागि ८० टन राहत सामग्री नेपाल पठाइसकेको छ। थप मानवीय सहायता समेत उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको जनाइएको छ।

विपद्को कठिन घडीमा यूएईले नेपालप्रति देखाएको सहयोग र ऐक्यबद्धताको नेपालमा प्रशंसा गरिएको छ। सहयोगले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल र यूएईबीचको मैत्रीपूर्ण सम्बन्धलाई यस्तो मानवीय सहयोगले थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।