१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सरकारले काम होइन नारा बेचिरहेको छ– सहमहामन्त्री डा.महत

सरकारले काम होइन नारा बेचिरहेको छ– सहमहामन्त्री डा.महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशहरण महतले वर्तमान सरकारले कामको सिन्को नभाँचे पनि नारा भने चहिनेभन्दा पनि बढी बिक्री गरिरहेको बताएका छन् ।

बढी कुरा गर्ने त वर्तमान सरकारको पहिचान नै भएको आरोप उनले लगाए । उनले भने– यो देशका प्रधानमन्त्रीले नै दुरबिनले रेल ल्याउने बाटो हेरेर दुइ वर्षभित्रै रेल ल्याउने, काठमाडौँमा पानी जहाजको कार्यालय स्थापना गर्नेजस्ता हावादारी काम गरेकोले जनतालाई आश्चर्यमा पारेको उनले बताए । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटद्धारा आज राजधानीमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

उनले वर्तमान सरकारका यस्ता हास्यास्पद क्रियाकलापले देशमा समृद्धि कदापि सम्भव नरहेको ठोकुवा गर्दै भने– सरकार बनेको यति लामो समयसम्म पनि उनीहरुको काम ठूला ठूला भाषण मात्र गर्ने मात्र भएको छ कामको सिन्को कतै भाँचिएको देखिन्न । रेल बनाउन कति लाग्छ, कसले पैसा दिने हो, त्यसको सम्भावना नेपालमा हो कि होइन यी कुनै कुरामा सरकारलाई मतलब छैन तर दुई वर्षमा रेल आउँछ भनेर प्रचार मात्र गरिरहेको उनले बताए ।

सरकारले गर्न सक्ने र नसक्ने सबै काम गरिदिने भनेर जनतालाई फोस्रा आश्वासन मात्र दिएको उनको भनाई थियो । डा.महतले भने– काम गर्न सकिने नसकिने भन्दा पनि अहिले नै सबैकुरा हुन्छ जस्तो गरेर सरकारले नारामात्र बिक्री गरिरहेको छ, यसले जनता आजित भएका छन् । वर्तमान सरकारले देशको सबै भूगोलका नागरिकलाई समान व्यवहार गर्न नसकेको गुनसो गरे । अहिले सरकारमा रहेको पार्टीले आफूलाई भोट हालेको हो कि होइन भनेर हेरेर नागरिकलाई व्यवहार गर्ने र सुविधा दिने विभेदपूर्ण काम गरिरहेको छ– उनले भने ।

कर्णाली प्रदेशमा पर्यटन, जडिबुटी र हाइड्रोपावरको अत्यधिक सम्भावना रहेपनि त्यसको यथोचित उपयोग र उपभोग हुन नसकेको उनले बताए । त्यहाँको जडिबुटी र पर्यटनको सम्भावनालाई राज्यले प्रयोगमा ल्याउन नसक्दा कर्णाली प्रदेश मात्र होइन कि देश नै पछि परेको धारणा उनले राखे ।

कर्णालीमा जलस्रोतको सम्भावना देशकै समग्र सम्भावनाको कम्तीमा पनि आधा रहेको उनको भनाई थियो । त्यसैले राज्यले बजेटको व्यवस्था गर्दा कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राख्न उनले आग्रह पनि गरे । उक्त केन्द्रका अध्यक्ष टेकराज शाहीले कर्णाली प्रदेश राज्यको प्राथमिकतामा पर्न नसकेको गुनासो गरे । सो संस्थाले कालिकोट जिल्लाका सामुदायिक विद्यालयबाट एसइइ पास गरी विभिन्न स्थानमा अध्ययनरत गरीब तथा जेहेन्दार २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो ।