१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

प्रदेशसभामा सांसदलाई छोरीको चिन्ता, छोरी बचाउनतिर लाग्न मुख्यमन्त्रीलाई आग्रह

प्रदेशसभामा सांसदलाई छोरीको चिन्ता, छोरी बचाउनतिर लाग्न मुख्यमन्त्रीलाई आग्रह
अ अ+ अ-

जनकपुर । समाजवादी पार्टीकी प्रदेश सांसद सांसद करिमा बेगमले छोरी असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शनिबार प्रदेश नं.२ को प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेगमले छोरी घरबाट निस्किन्छिन् तर सकुशल घर फर्किने वा नफर्किने ठेगान नभएकोले यस्तो हुनु दुर्भाग्यपूर्ण भएको बताइन् ।

‘विद्यालय गएकी छोरी घर फर्किन्छ कि फर्किन्न अभिभावकमा चिन्ता छ’, सांसद बेगमले भनिन्, ‘पढ्न जाँदै गर्दा छोरीमाथि पटक पटक एसिड प्रहार भएको छ । छोरी कसरी सुरक्षित हुन्छ ?’

शुक्रबार बिहान विद्यालय जाँदै गरेकी कक्षा ९ मा अध्ययनरत वीरगन्जकी १५ वर्षीया छात्रा मुस्कानमाथि एसीड प्रहारको घटनाले प्रदेशकी छोरी सुरक्षित नभएको प्रस्टिएको उनले बताइन् । सांसद बेगमले दोषीलाई कडा कारबाहीको माग गर्दै मुस्कानलाई उपचारका लागि थप रकम उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिन् । उनले मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ अभियानले’ छोरी सुरक्षित नभएकोले छोरी सुरक्षाका लागि कडा कानुन ल्याउनुपर्ने माग राखिन् ।

समाजवादी पार्टीकी अर्की सांसद भिमा यादवले प्रदेश सरकारले चलाएको बेटी पढाउ बेटी बचाउन अभियान सफल हुने वा असफल हुने भन्दै आशंका व्यक्त गरिन् । प्रदेशमा कहींकतै छोरी सुरक्षित नभएको भन्दै सरकारले छोरीमैत्री कानुन बनाउन आग्रह गरिन् ।

यस्तै प्रदेश सदस्यहरुले मुख्यमन्त्री लालबाबु राउतलाई छोरी पढाउनुभन्दा पहिले बचाउनतिर लाग्न आग्रह गरे । प्रदेशसभाको शून्य समयमा बोल्दै राजपा सांसद गणेशप्रसाद कुर्मीले प्रदेशमा छोरीहरुप्रति पटक पटक आक्रमण हुने गरेको भन्दै प्रदेश सरकारको अनुभूति नै नभएको टिप्पणी गरे । ‘बेटी पढाएरमात्र हुँदैन पहिले बेटी बचाउनुस् । दोषीलाई फाँसीको सजाय पनि कम हो । कडा कारबाही हुनुपर्छ,’ सांसद कुर्मीले भने ।