१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

मुगाबेको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रनायक घोषणा

मुगाबेको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रनायक घोषणा
अ अ+ अ-

ह

हरारे: जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गर्नुभएको छ । उहाँको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताउनु भयो ।

मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उहाँको निधन भएको थियो ।

राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र राष्ट्रिय शोक घोषणा गर्नु भएको हो । देशको स्वतन्त्रता अगाडी वा पछाडी मुगाबेले देश र जनताका लागि ठूलो योगदान गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।

उहाँले पूर्वराष्ट्रपति मुगाबेलाई आफ्नो गुरु र सल्लाहकारको संज्ञा पनि दिनुभयो । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित हुनु भएको थियो । उहाँले करीब चार दशक देशमा शासन गर्नुभएको थियो ।

केही समयदेखि बिरामी अवस्थामा रहनुभएका मुगाबेको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । सोही उपचारको क्रममा उहाँको गत शुक्रबार निधन भएको थियो । उहाँका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका थिए । सन् १९२४ को फेब्रुअरीमा जन्मिनु भएको मुगाबेलाई सन् २०१७ को नोभेम्बरमा सेनाले उहाँलाई अपदस्थ गरी नजरबन्द गरेको थियो ।

उहाँलाई तत्कालीन सरकारको आलोचना गरेको आरोपमा सन् १९६४ मा जेल चलान गरी मुद्दा नचलाई १० वर्षसम्म कैदी बनाएर राखिएको थियो । सन् १९८० मा मुगाबे देशको पहिलो निवार्चित प्रधानमन्त्री बन्नु भएको थियो । सन् १९८७ उहाँ राष्ट्रपति बन्नु भो । शिक्षा, स्वास्थ्य बहुसङ्ख्यक काला जातिका मानिसलाई उहाँ निकै उच्च स्थानमा पु¥याएर आफू पनि निकै लोकप्रिय हुनुभएको थियो । तर उहाँले ल्याउनु भएको विवादास्पद भूमिसुधार नीतिका कारण देशमा ठूलो आर्थिक सङ्कट फर्सेको उहाँमाथि आरोप लागेको थियो ।

अफ्रिकीमुलुक जिम्बाब्बेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । लामो समयसम्म शासन सत्तामा रहनु भएका स्वतन्त्रता सेनानी मुगाबे बढ्दो जनअसन्तोषका बीच आफूप्रति निकै बफादार सेनाद्वारा पदच्यूत हुनुपरेको थियो ।

मुगाबेले जिम्बाब्बेमा ३७ वर्ष शासन भएको थियो । बेलायती उपनिवेश रोडेसीयाका शासक अल्पसंख्यक अश्वेतबाट जिम्बाबेलाई स्वतन्त्र बनाउन सफल मुगाबे नोभेम्बर २०१७ मा राष्ट्रपतिको पदबाट हुनु भएको थियो ।

बहिर्गमनलगत्तै उहाँको शारीरिक अवस्था अत्यन्त नाजूक हुन थालेको थियो । झण्डै आठ वर्ष राजनीतिक बन्दीका रुपमा बिताउनुभएका मुगाबे त्यसपछि छापामार बन्नुभएको थियो । तर मुलुकस्वतन्त्र भएसँगै सन् १९८० मा भएको आमनिर्वाचनबाट उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रधानमन्त्रीका रुपमा उहाँले शुरुआती दिनहरुमा जातीय मध्यस्थताको मार्ग लिएको भन्दै अन्तर्राष्ट्रिय जगतबाट राम्रो समर्थन प्राप्त गर्नुभयो ।

उहाँले बहुसंख्यक कालाजातिको शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा निकै राम्रा कार्यक्रम अगाडि बढाउनुभयो । तर उहाँ जसरी उच्च स्थानमा पुग्नु भएको थियो निकै तीव्र गतिमा चमक फिका हुन थाल्यो । मुगाबेले जिम्बाबेको स्वतन्त्रताका लागि जिम्बाबे अफ्रिकी नेसनल युनियन (जानु) र यसको सशस्त्र फौजको नेतृत्व सम्हाल्नु भएको थियो ।

सन् १९७४ मा जेलमुक्त हुँदा उहाँले उक्त युनियनको सर्वोच्च नेताका रुपमा आफूलाई उभ्याउनु भएको थियो । सशस्त्र संघर्षकै समयमा जिम्बाबे अफ्रिकी पिपुल्स युनियन (जापु) को नेतृत्व गर्नुभएका अर्का नेता जोसुवा एन्कोमोलाई मुगाबेले पहिलो निशाना बनाउनुभएको थियो । मुगाबेले गृह मन्त्रालयको जिम्मेवारी दिइएका एन्कोमोलाई सन् १९८२ मा सरकारबाट हटाउनुभयो ।

मुगाबेले माटाबेलेल्यान्ड प्रान्तमा ठूलो परिमाणमा हतियार फेला परेको भन्दै एन्कोमोलाई पदच्यूत गर्नुभएको थियो । मुगाबेलाई जिम्बाबेका बहुसंख्यक शोना जातिको समर्थन प्राप्त थियो । यहीबीच उत्तर कोरियालीबाट तालीमप्राप्त पाँचौं ब्रिगेडले झण्डै २० हजार विपक्षीहरुको हत्या गरेको थियो ।

तर सत्तामा आएको झण्डै दुई दशकपछि जिम्बाबेमा रहेबसेका गोरा जातिको जग्गाजमीन जबर्जस्ती हडप्ने नीति ल्याएपछि मुगाबेको अन्तर्राष्ट्रिय शाख अझ गुमेको थियो । तैपनि अफ्रिकी अधिकांश देशमा मुगाबेप्रति सम्मान थियो ।

मुगाबेले आफ्नो शासनकालमा ल्याउनुभएका केही विवादास्पद नीतिहरुका कारण विदेशी लगानीकर्ताहरु जिम्बाबेबाट पलायन हुनुका साथै आर्थिक स्थिति रसातलमा पुगेको थियो । यसैगरी, उहाँले मानव अधिकारको चरम उल्लंघन गर्नुका साथै चुनावमा व्यापक धाँधली गरेको आरोप उहाँमाथि लागेका थिए ।