१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

समाजवादको झण्डा फहराएरै छाडिन्छ: अध्यक्ष प्रचण्ड

समाजवादको झण्डा फहराएरै छाडिन्छ: अध्यक्ष प्रचण्ड
अ अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।”

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भन्नुभयो, “म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।”

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै उहाँले नेपालको सापेक्षतामा मौलिक ढङ्गको समाजवादको झण्डा स्थापित गरेरै छाडिने उहाँको थप जोड थियो ।

नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्नुहुँदै अध्यक्ष दाहालले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताउनुभयो ।

आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै उहाँले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले आगामी दशक समाजवादको दशक हुने भएकाले त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले समाजवादको झण्डका कुनै पनि हालतमा झुक्न नदिने उल्लेख गर्दै भन्नुभयो, “हिजो देखेको सपना तथा हामीले भन्दै आएको वैज्ञानिक समाजवादको झण्डा कुनै पनि हालतमा भुक्न दिइँदैन बरु थप सुदृढ बनाइन्छ ।”

वाम विश्लेषक हरि रोकाले कम्युनिस्ट सरकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिनुभयो । ठूलाठूला सपनाभन्दा पनि साना सामान कामबाट जनताकोे विश्वास जित्न उहाँले नेकपा र वर्तमान सरकारलाई आग्रह गर्नुभयो ।

विश्व अर्थतन्त्र, समाजवाद, पूँजीवाद र नेपालको अर्थप्रणालीको विषय समेटिएको उक्त पुस्तकलाई जागरण बुक हाउसले प्रकाशनमा ल्याएको हो ।