१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

बिरामीको मृत्युपछि भक्तपुरकाे नागरिक कम्युनिटी अस्पताल अस्पतालमा दिनभर घेराउ र नाराबाजी

बिरामीको मृत्युपछि भक्तपुरकाे नागरिक कम्युनिटी अस्पताल अस्पतालमा दिनभर घेराउ र नाराबाजी
अ अ+ अ-

भक्तपुरः

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा शनिबार बिरामीको मृत्यु भएपछि अस्पताल दिनभर तनाबग्रस्त बनेको छ ।

बिहीबार भर्ना भई शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका–६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि आईसियूमा कार्यरत नर्सहरुको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् ।

नाराबाजी, घेराउ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि राती ७ बजे पीडित पक्ष र प्रहरीबीच झडप भएको छ । अस्पतालभित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ ।

बाबुको मृत्युपछि बिरामी भई सोही अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका मृतक कोइरालाका छोरा सागरले हिजो सफल शल्यक्रिया भई स्वास्थ्य अवस्थामा सुधार भइसकेको अवस्थामा नर्सहरुको लापरवाहीले बाबुको ज्यान गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिजो अप्रेशन गरी एउटा मिर्गौला झिकेर सफल उपचार भएको थियो, तर सघन उपचार कक्षका नर्सहरुले आलो घाउ भएको मेरो बुबालाई एक्लै हिडाएर शौचालय पठाएछन्, त्यसपछि शौचालय मै लडेर घाइते भएको आधा घण्टामा डाक्टरले मृत्यु भयो भने, यो सरासर नर्सको लापरवाही हो ।”

नर्समाथि छानबिन गरी कारवाही गर्नुपर्ने, आगामी दिनमा यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने उहाँले माग गर्नुभयो । मृतकका छोरा सागरले आफूहरुको माग पूरा नभएसम्म बाबुको शव नउठाउने बताउनुभयो ।

मृतककी बुहारी सावित्री कोइरालाले दुईवटा छोरा, बुहारी सघन उपचार कक्ष बाहिर कुरेर बसेपनि अप्ठ्यारो पर्दा खबर नगरी एक्कासी लडेर घाइते भएको खबर गर्न आएको बताउँदै शौचालय जाँदा नर्सले नलगे छोरालाई बोलाउनुपर्नेमा त्यसो नगर्दा ज्यान गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अप्रेशन भएको बिरामीलाई पाइप राख्नुपर्ने हो तर नर्सले पाइप झिकेर पिसाब फेर्न शौचालय पठाए, कमजोर बिरामी शौचालयमा लड्ने अस्पताल र नर्सको लापरवाही नभए कसको हुन्छ ?” मृतकका आफन्त शर्मिला ठकुरीले शल्यक्रिया सफल भएर चिया र केही झोल पदार्थ खाएर हासेर गफ गरेको र भोलि डिस्चार्ज गरेर घर पठाउने भनेको बिरामी अस्पतालको लापरवाहीले ज्यान गएपनि अस्पतालले आफ्नो कमजोरी नस्वीकारेको बताउनुभयो ।

उल्टै अस्पतालले राति ७ बजेसम्म पनि प्रहरी तैनाथ गरेर पीडित माथि नै दमन गर्न खोजेको बताउँदै उहाँले क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव नउठाउने बताउनुभयो ।

यता अस्पतालका मेडिकल डाईरेक्टर प्रा डा राकेश वर्माले अस्पताल र नर्सको कुनै कमजोरी नभएको दाबी गर्दै शौचालय गएका बिरामीलाई एक्कासी हृदयघात भएकाले ज्यान गएको बताउनुभयो ।

अस्पताल र मृतक पक्षबीच राति ७ बजेसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घेराउ गरी नाराबाजी गरेका छन् । रातिसम्म अस्पताल तनाबग्रस्त बनेको छ ।