१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्याको आरोपमा दुई पक्राउ



अ+ अ-

गोदावरी । कैलालीको धनगढीमा एक व्यक्तिको हत्या गरी फालिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भूपेन्द्र बुढालाई सार्वजनिक गरेको हो । 

प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेका अनुसन्धानबाट खुलेको बताउनुभयो ।

सोमबार धनगढी उपमहानगरपालिका–५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । गुप्ता धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए । (रासस)