६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ ।

नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । लगातारको वर्षासँगै नदीमा आएको बाढीले जग्गा बगाउन थालेपछि बस्तीसमेत जोखिममा रहेको छ । उहाँले भन्नुभयो, “तत्काल जग्गा कटानको कार्य नरोकिए बस्तीनै विस्थापनमा पर्छ ।”

नदी नियन्त्रणका लागि गाउँपाललिकाले तत्काल अल्पकालीन योजना अगाडि बढाउनुपर्ने स्थानीयवासी लक्ष्मण रानाले बताउनुभयो । ५०० मिटरको क्षेत्रमा नदीले लगातार जग्गा कटान गरिहेकाले स्थानीय बासिन्दा पानी पर्नासाथ अनिदोमै रात बिताउन थालेका छन् ।

नदीले मकै रोपेको १० कठ्ठा जग्गा तीन दिनको अवधिमै बगाएर लगेको स्थानीयवासी मनोज रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै जग्गा थियो, त्यही पनि नदीले बगाएर बेघर बनाउन थालेको छ । घरनै बगाउने चिन्ता छ ।” गुरुयोजनासहित नदी नियन्त्रणका लागि योजना ल्याई बस्ती विस्थापन हुनबाट जोगाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

नदीले जग्गा कटान गरिहेको क्षेत्रको अवलोकनका लागि पुग्नुभएका नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले विपद्को जोखिममा परेका बासिन्दासँगै रेडक्रस रहेको बताउनुभयो । तत्काल गाउँपालिका, प्रदेश र केन्द्र सरकारले जग्गा कटान भइरहेको क्षेत्रमा तारजालीसहितको ढुङ्गाको तटबन्ध बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

स्थानीय तहले जग्गा कटान हुनबाट जोगाउनका लागि प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । नदीमा पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ । वितग पाँच वर्षको अवधिमै यस क्षेत्रका बासिन्दाको २०० बढी बिघा जग्गा नदीले कटान गरी बगरमा परिणत गरिसकेको छ ।