५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको ढाडस र प्रतिक्रिया: चन्द्रयान–२ मिशनबाट भारतको ठूलो जित भएको छ



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान–२ कार्यक्रमबाट आफू गौरवान्वित भएको बताएका छन्। चन्द्रमा छुने यात्रा अधुरो रहेपनि चन्द्रयान–२ मिशन भारतको ठूलो जित भएको उनले बताएका हुन् ।

चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो।विक्रम ल्यान्डरबाट निराशा प्राप्त भएपनि चन्द्रयान–२ को अर्बिटर चन्द्रमाको कक्षमा आफ्नो काम गरिरहेको छ।

अन्तरिक्ष यानलाई के भयो भन्नेबारे प्रष्ट भइसकेको छैन तर प्रधानमन्त्री मोदीले त्यस्ता अरु पनि अवसर आउने बताए।यदि अवतरण गर्न पाएको भए भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्ने थियो।

मोदीले वैज्ञानिकहरूलाई भने–’हाम्रो अन्तरिक्ष कार्यक्रममा अझ राम्रो क्षण आउन बाँकी छ। भारत तपाईँका साथमा छ।’ यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान–२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको बताएको थियो।

चन्द्रयान–२ बाट चन्द्रमा पानीको खोजी भारतको मुख्य लक्ष्य थियो । त्यो काम अर्बिटरले गरिरहेको र भविष्यमा त्यसबाट तथ्याङ्कहरू प्राप्त हुने बताइएको छ।यो वैज्ञानिक मिशन पूरा गर्न ११ वर्ष लागेको थियो। इसरोले कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन कोशिश गर्नेछ र आगामी कदमबारे निर्णय लिनेछ।इसरोको अर्को ठूलो मिशन गगनयान हुनेछ जसमा अन्तरिक्षयात्री पनि पठाउने योजना छ।