१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

प्रधानमन्त्रीको गृहनगरमा प्रगतिशीलको हार, वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा लोकतान्त्रिक व्यवसायी बिजयी

प्रधानमन्त्रीको गृहनगरमा प्रगतिशीलको हार, वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा लोकतान्त्रिक व्यवसायी बिजयी
अ अ+ अ-

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भएको उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले प्रगतिशील व्यवसायीको समूहलाई पराजित गराएको छ ।

अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी भए । उनले १४११ मत प्राप्त गरे भने प्रतिद्वन्दी नेकपा निकट प्रगतिशिल समूहका खतिवडाले ९१६ मत प्राप्त गरे ।

अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा लोकतान्त्रिक व्यवसायी समूहका व्यवसायी निर्वाचित भए । बरिष्ठ उपाध्यक्षमा १२७६ मत ल्याएर प्रगतिशिलका गोपाल गुरागाईं बिजयी भए । उनका प्रतिद्वन्दी लोकतान्त्रिकका सुरज आचार्यले १०२१ मत प्राप्त गरे ।

प्रथम उपाध्यक्षमा लोकतान्त्रिककै राजु खड्काले १२०९ मत प्राप्त गर्दै बिजयी बने भने उनका प्रतिद्वन्दी प्रगतिशिलका युवराज घिमिरेले १०७३ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा लोकतान्त्रिककै राजकुमार योङयाले १०१२ मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्दी प्रगतिशिलका घनश्याम खनालले ९०६ र स्वतन्त्र उम्मेदवार टिकाराम प्रसाईले ३५५ मत प्राप्त गरे ।

तृतीय उपाध्यक्षमा लोकतान्त्रिककै रमा लिम्बु ९१२०२० बिजयी बनिन् । उनले प्रगतिशिलका ज्ञाननाथ पौडेललाई पराजित गरेका थिइन् । पौडेलले १०६१ मत प्राप्त गरे ।

खुल्ला दुई महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला ११३६ र प्रगतिशिलकी लक्की सिटौला ९७९ बिजयी बनिन् । महिला सदस्यतर्फ नै स्वतन्त्र उम्मेदवार कबिता अधिकारी ५५०, प्रगतिशिलकी चन्द्रमाया निरौला (जमुना) ९०४ र लाकतान्त्रिककी दिलकुमारी सुब्बाले ९२३ मत प्राप्त गरेकी थिइन् ।