५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु



अ+ अ-

मध्यपुरथिमि । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो ।

डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र, विद्यालय, स्थानीय तहलगायत नागरिक समाजबाट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक तथा निजी विद्यालयहरुमा चेतनामूलक कार्यक्रम अभियानका रुपमा लैजाने, समुदायको सहयोगमा व्यापक प्रचारप्रसार गरी डेङ्गुबाट बच्न जनचेतना जगाउने काम भइरहेको प्रमुख गेलालको भनाई थियो ।

त्यसैगरी जिल्लाका चारवटै नगरपालिकाले जनचेतनामूलक पर्चा, तथा पम्प्लेट तयार गरी सार्वजनिक स्थान, विद्यालयलगायत क्षेत्रबाट वितरण गरी घरघरमा पुर्याउने, सबै सरकारी तथा निजी अस्पतालले डेङ्गु रोगको उपचारका लागि ‘र्यापिड रेस्पोन्स टिम’ तयार गरी तत्काल काम गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयले एक नगरपालिकामा तीन जनाका दरले स्वास्थ्य क्षेत्रका अधिकृतलाई सहजकर्ताका रुपमा खटाउने भएको छ ।

उक्त रोग नियन्त्रणका लागि वरिष्ठ जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि रहनेगरी जिल्लास्तरीय सो टोली गठन गरेर विभिन्न कार्यक्रम अगाडि बढाइएको र स्थानीय रेडियो एफएममा जनचेतनामूलक सूचना बजाउनेजस्ता रोकथामका प्रयास भइरहेको उक्त कार्यालयका अधिकृत कृष्णबहादुर मिजारले बताए ।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली र चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले यो रोग महामारीका रुपमा फैलन नदिन आफूहरूले पनि आवश्यक पहल शुरु गरिसकेकोे जानकारी दिए ।