१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु

कालीगण्डकी प्रसारण करिडोरकोे वैकल्पिक मार्गबारे अध्ययन शुरु
अ अ+ अ-

– कमल खत्री
गोरखा– कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन शुरु गरिएको हो ।

आयोजनाका तर्फबाट पाँच र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट पाँच जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण र प्रसारण लाइनका लागि वैकल्पिक मार्गको अध्ययन थालिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा पाँच घरपरिवार विस्थापित हुनाका साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्षरूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी विकल्प दिइएको उनले जानकारी दिए ।

अध्ययन टोलीका सदस्यसमेत रहेका वडाध्यक्ष बरुवालका अनुसार प्रस्ताव गरिएको नयाँ वैकल्पिक मार्गबारे प्राविधिक अध्ययन गरी उपयुक्त देखिए अहिले प्रसारण लाइनको प्रस्तावित टावरलाई स्थानान्तरण गरी निर्माण गर्न आयोजना र स्थानीयवासीबीच सहमति भएको छ ।

प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रजिअ ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैंक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच बृहत् छलफल भएको थियो ।

सो छलफलमा स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए÷नभएको विषयमा स्थलगत अध्ययन गर्न सहमति भएअनुसारको अध्ययनको काम शुरु भएको प्रजिअ ढकालले बताए ।

नयाँ वैकल्पिक मार्गको अध्ययन गरी टावर ४१ ‘ए’ देखि ४३ सम्मकोे मार्गमा वैकल्पिक अथवा प्रस्तावित कुन मार्ग उपयुक्त हुने भन्ने निक्र्योल हुने बताइएको छ । अध्ययनको निचोडअनुसार नै विवादित बनेको टावर निर्माणलाई अघि बढाउन आयोजना र प्रभावित स्थानीयवासीबीच सहमती भएको हो ।

म्याग्दी र मुस्ताङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन यस क्षेत्रको जलविद्युत् विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा पोखरेबगर र रातोपानीमा स्थानीयवासीको अवरोधका कारण टावर निर्माण कार्य रोकिएको छ ।

सन् २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा टावर र सबस्टेशन निर्माण र तार तान्ने कामले गति लिएको भए पनि ढिलाइ र स्थानीयवासीको विवादले निर्माण कार्य एक वर्षभन्दा बढी समय पछि धकेलिएको छ । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये १०३ टावर निर्माण भइसकेको छ ।

टावर निर्माण भएको धेरैजसो ठाउँमा तार तान्ने कामसमेत भइरहेको भए पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा छ र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर निर्माण शुरु हुन नसकेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिए ।

प्रसारण लाइनले पोखरेबगरमा स्थानीयवासीको घर र गाउँपालिका कार्यालयको भवन निर्माणस्थललाई प्रत्यक्ष प्रभाव पार्ने भएपछि यस क्षेत्रका स्थानीयवासीले नक्सा परिवर्तन गरी बस्तीलाई जोगाएर टावर र लाइन विस्तार गर्न माग गर्दै आएका छन् । स्थानीयवासीले भनेबमोजिम टावरको नक्सा परिवर्तन गर्ने मागमा सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन एक वर्षअघि नै सक्ने लक्ष्य थियो । पहिलोपटक छ महीना र दोस्रो पटक तीन महीनाको म्याद थपिएको यस आयोजनामा आगामी कात्तिकभित्र आंशिक र पुसभित्र पूर्णरूपमा निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कामलाई गति दिइएको आयोजनाले जनाएको छ ।