१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

पवन र सन्दीपको उत्कृष्ट ब्याटिङ, नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य

पवन र सन्दीपको उत्कृष्ट ब्याटिङ, नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य
अ अ+ अ-

काठमाडौं । एसिसी यु–१९ एसिया कपमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो ।

नेपालका लागि पवन सर्राफले ८१ रन जोडे। ओपनिङमा आएका उनले १११ बलमा ८ चौका र १ छक्का हिर्काए। अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए।मोहमद आसिफ शेख भने ३ रनमै आउट भएका थिए। कुशल मल्लले ३२ बलमा २८ रन जोड्ने क्रममा १ चौका र ३ छक्क प्रहार गरे। कप्तान रोहितकुमार पौडेल १४ रनमै आउट भएका थिए।

मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। सन्दीप जोराले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पुर्‍याए । दुबैले ७१ रनको साझेजारी गरे । सन्दीपले ३७ बलमा ५६ रन जोड्ने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे।

भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २–२ विकेट लिए ।मोहमज मृत्युन्जय, मिनहुजर रहमन र ‍ताहिद रिदोयले १–१ विकेट लिए।

यसअघि नेपाल सुरुवाती खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। अन्तिम चारमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।यदि पराजित भएमा नेपाल एक खेल अगाडि नै यू१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ ।