• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?

राजालाई अंकित गर्दै प्रचण्डले भने : ‘सिंहको अगाडि स्याल आएर हल्ला गर्दैमा सिंह हुदैन’



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजालाई संकेत गर्दै सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना गर्न नमिले बताएका छन् । देशमा प्राप्त भएको युगान्तकारी परिवर्तनलाई अपमानित गर्ने र त्यसमा नेतृत्वदायी भूमिका खेल्ने नेताहरुलाई बदनाम गर्ने षड्यन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउन थालेको समेत बताएका हुन् ।

पार्टी मुख्यालयमा आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले ‘चिहानबाट भूतप्रेत ल्याउँदैमा त्यो ब्युतिने विज्ञानले मान्दैन तर प्रेमआत्मा आएर जीवित मान्छेहरुलाई दुःख दिने गर्ने रहेछन्,’ उनले भने, ‘कहिलेकाहीँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ ।’

अध्यक्ष प्रचण्डले हिजोका निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जातोमा पिस्न दिन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गर्दै ‘हजारौँ शहिदको बलिदानबाट प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउन दिइने छैन,’ उनको भनाई थियो ।

उनले आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, जनतालाई सकारात्मक परिणाम दिने, जनतालाई अझै राम्रोसँग परिचालन गर्ने, पार्टी एकतालाई बलियो बनाउने, पार्टीको वैचारिक लाइन अनुसार सांगठनिक विधिमा लगेर त्यसलाई बलियो पार्टीको रुपमा स्थापित गर्न जरुरी रहेको जिकिर गरे ।

यो कम्युनिष्ट पार्टीलाई बलियो बनाएर, सरकारलाई बलियो बनाएर जनताको सेवा गर्न बाहेक अब अर्को विकल्प नभएको उनले स्पष्ट पारे ।

‘हामीले आजभोलि पार्टी एकता ढिलो भएकोमा चिन्ता र सरकारले प्रभावकारी काम गरोस् भन्ने चिन्ता सुन्छौँ,’ उनले भने, ‘सरकारले राम्रा काम नगरेको होइन, गर्न नखोजिएका होइनन् । तर, जनताको आशा र अपेक्षा अनुसार काम भएनन् भन्ने प्रति हामी पार्टी नेतृत्वको ध्यान गहिरोसँग गएको छ ।’

उनले एकता प्रक्रिया अन्तिमरुपमा पुगेको र अब देशभर कार्यक्रम लिएर जनताको माझ जाने तयारी भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले सुरेश वाग्लेलाई निस्कलंक, पारदर्शी चरित्र र नैतिक बल ठूलो भएको नेताको रुपमा स्मरण गरे । आफ्नो राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको बताउँदै जनयुद्धको तयारी र शुरु भइसकेपछि वैचारिक अन्तरसंघर्षलाई ठीक ढंगले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको जानकारी दिए ।

‘वहाँ जस्तो वैचारिकरुपमा स्पष्ट भएका मानिस नभएको भए जनयुद्ध युगान्तकारी तागतको रुपमा विकास हुन सक्दैन थियो होला,’ प्रचण्डले बताए ।

२०५६ सालमा २०५६ सालमा वाग्लेको हत्यापछि जनयुद्धमा बलिदान दिनेको संख्या बढेको पनि प्रचण्डले स्मरण गरे ।

‘जब वहाँको हत्या भयो, देशैभरी निकै ठूलो तरङ्ग आयो । हामीले विद्रोह शुरु गरेपछि ६ वर्षसम्म १५ सय भन्दा बढी मारिएका थिएनन् । वहाँको मृत्यु भएको खबर फैलिएपछि माओवादी जनयुद्धमा संलग्न हुनेको संख्या गुणात्मक रुपले वृद्धि भयो । बलिदानको लागि लाम लाग्ने, मर्न तछाडमछाड हुने र आफूलाई अग्रिम मोर्चा राख्न भन्दै देशभर लामबद्ध हुनथाले ।’

‘जब राम्रा मान्छे शहिद हुन्छन् थुप्रै क्रान्तिकारीहरुलाई जन्माउने रहेछन््,’ प्रचण्डले भने, ‘एउटा मान्छेको बलिदानले हजारौँलाई प्ररित गर्ने रहेछ । यसले जनयुद्धलाई निमोठेर सक्ने योजना पूरा हुन दिएन ।’