८ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानूनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताउनुभएको छ ।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले अदालत सामान्यतया पार्टीका आन्तरिक मामिलामा प्रवेश नगर्ने र हालैको फैसलालाई पनि पूर्णपाठ वा प्रक्रियागत सुधारको अर्थमा बुझ्नुपर्ने टिप्पणी गर्नुभएको हो ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई हार्दिकतापूर्वक स्वीकार गर्ने बताउनु भयो । नेपाली काँग्रेसको आन्तरिक राजनीतिका सन्दर्भमा नेता केसीले पार्टीभित्र एकता र लचिलोपनको आवश्यकता औंल्याउनु भयो ।

लोकतन्त्रको संस्थापक र संवाहक शक्तिका रूपमा काँग्रेसले राष्ट्रिय चुनौतीहरूको सामना गर्न एक ढिक्का हुनुपर्ने उहाँको तर्क थियो। उहाँले पार्टीभित्रको गतिरोध अन्त्यका लागि विशेष अधिवेशनमार्फत सहमतिपूर्ण वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अदालत कुनैपनि पार्टीको आन्तरिक राजनीतिमा प्रवेश गर्छ भन्ने मलाई विश्वास छैन। अप्रत्याशित रूपमा आएको निर्णयलाई स्वीकार गरे पनि यसबाट विचलित हुनुपर्ने वा तर्सिनुपर्ने अवस्था छैन । कम तामझामका साथ साधारण ढंगले भ्रमण गर्नु सकारात्मक पक्ष हो । जुन सरलता र सादगी प्रधानमन्त्रीले बाहिर देखाउनुभएको छ, त्यही सम्मान संसदप्रति पनि देखाउनु आवश्यक छ । संसदले नै उहाँलाई निर्माण र निर्देशन गर्ने भएकाले संसदप्रति उहाँ थप उत्तरदायी हुनुपर्छ ।’

प्रधानमन्त्रीको हालैको मुस्ताङ भ्रमणबारे टिप्पणी गर्दै केसीले भ्रमणमा देखिएको सादगी र सरलताको प्रशंसा गर्नुभयो । सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले मुलुकमा बढ्दै गएको असन्तुष्टि र निराशाप्रति सरकार सचेत हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल