• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

चीनसँग समस्या रहित सम्बन्ध : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चीनसँग ‘समस्यारहित सम्बन्ध रही आएको’ बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीसँग बालुवाटारमा सोमबार अपरान्ह भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालको ‘एक चीन नीति’को अडान दोहोर्याउँदै चीनविरोधी कुनै प्रकारको गतिविधि नेपाल भूमिबाट हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए ।

‘हामी राजनीतिक स्थायित्वपछि आर्थिक सुधार र विकासका दिशामा जुटेका छौँ,’प्रधानमन्त्री ओलीको भनाइ थियो—‘नेपालको पूर्वाधार विकास, सामाजिक–आर्थिक क्षेत्रको प्रवर्द्धनमा चिनियाँ सहयोग अपेक्षित छ। नेपालको गरिबी निवारण र सामाजिक रुपान्तरणमा चिनिया अनुभव हामीलाई काम लाग्नेछ।’

विदेशमन्त्री यीले नेपालसँग रहीआएको चिनियाँ आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारका सम्बन्ध र परस्परको सहयोगबारे परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा कुराकानी भैसकेको सन्दर्भ उल्लेख गर्दै नेपालको छनौट र प्राथमिकताका योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोर्याएका थिए। बालुवाटार बैठकमा परराष्ट्र सचिव शंकर बैरागी, चिनियाँ विदेश मन्त्रालयका सचिव लु झोवी, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीलगायतको उपस्थिती थियो।

परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र बैठकमा भने चीनबाट आउने भनिएको केरुङ–रसुवागढी–काठमाडौं रेल्वे परियोजना र वन बेल्ट वन रोड९बीआरआई० अन्तर्गत छनौटमा परेका नेपालका योजनाहरुबारेमा पनि छलफल भएको जानकारी परराष्टमन्त्री ज्ञवालीले दिए। ‘रेल्वे र बीआरआई प्रस्तावित योजनामा चिनियाँ सहयोगको प्रतिबद्धता दोहोरिएको छ,’मन्त्री ज्ञवालीले भने-‘यसको विस्तृत स्वरुप, ढाँचा र मोडालिटीबारे अब कार्यायोजना तय हुने भएको छ, अब योजनाहरु कार्यान्वयनको दिशामा अघि बढ्नेछन्।’ परराष्ट्र मन्त्रीले संयन्त्र बैठकले नेपाल–चीन सम्बन्ध र परस्पर सहयोगको स्वरुपलाई अर्को उचाइमा पुर्यउने विश्वास लिए।

विदेश मन्त्री यीले सोमबार अपरान्ह राष्ट्रपति विद्यादेवी भेण्डारीसँग पनि भेटवार्ता गरेका थिए। भेटमा दुई देशीय सम्बन्ध र परस्पर सहयोगका प्रतिबद्धताहरुमाथि छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। विदेश मन्त्री यीले सोमबार बिहान चन्द्रागिरी केवलकारको भ्रमण तथा मातातिर्थ क्षेत्रमा झण्डै एक घण्टा पैदल यात्रा गरेका थिए।

विदेश मन्त्री यीले मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देयवालगायतका राजनीतिक नेता र नेपाल–चीन व्यापार सम्बद्ध प्रतिनिधिसँग भेटघाट गर्दैछन्। विदेशमन्त्री मंगलबार दिउसो बेइजिङ फर्कदैछन्।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।