६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ।

‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, संगठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए।

आज ‘नेपालको चित्र, हामी कहाँ छौँ?’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनेछन्।

महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम छ।

कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा सङ्गठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडिया: कसरी प्रयोग गर्ने?’ मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ। रासस