७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षीया भतिजीलाई बलात्कार गर्ने काका फरार



अ+ अ-

बाग्लुङ । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिनुभयो ।