४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

विदेशमा पढेर नेपालमा रमाउँदै, विदेश नै जानुपर्छ भन्नेलाई सिकाए गतिलो पाठ

विदेशमा पढेर नेपालमा रमाउँदै, विदेश नै जानुपर्छ भन्नेलाई सिकाए गतिलो पाठ
अ+ अ-

गलेश्वर । न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु ५३ लाखको लगानीमा गाउँमा नै एग्रो फार्म सञ्चालन गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रिजाल एग्रो फार्म सञ्चालन गरेर कुखुरापालन र आग्र्यानिक कृषिमा रमाइरहेका यी दुई भाइको दिनचर्या देख्दा पढे लेखेर जागिरै खानुपर्छ वा विदेशमा नै जानुपर्छ भन्नेहरुले गतिलो पाठ सिक्न सक्छन् ।

काठमाडौँमा मासिक डेढ लाखभन्दा बढी आम्दानी हुने व्यवसाय र शहरको बसाइ छोडेर आफ्नै गाउँमा केही गर्नुपर्छ भनी गाउँमा फर्केका दीर्घ र न्युजिल्याण्डबाट अध्ययन पूरा गरिआएका मुकुन्द (दुई भाइ) मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना एग्रो फार्म बनेको छ । दाजु दीर्घले पनि व्यवस्थापन विषयमा डिग्री पास गरेका छन् ।

स्थानीयवासी झकबहादुर थापा र लीलबहादुर थापाको १४ रोपनी जग्गा लिजमा लिएर शर्माद्वयले व्यवसाय शुरु गरेका हुन् । जग्गाधनीलाई वार्षिक रु एक लाख २० हजार भाडा तिर्ने सम्झौतामा जग्गा भाडामा लिएको दीर्घप्रसादले बताउनुभयो ।

आठ वर्ष काठमाडौँमा होस्टेल र रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेका दीर्घ र न्युजिल्याण्डमा प्रशस्त कमाउन सकिने अवसर छोडेर गाउँ फर्किएका मुकुन्दले म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजीकै नमूना एग्रो फार्म सञ्चालन गरेका हुन् ।

रिजाल एग्रो फार्म दर्ता गरी व्यवसाय शुरु गरेका शर्माको फार्ममा अहिले ब्वायलर दुई हजार र लेयर्स जातका तीन हजार ८०० गरी करीब ६ हजार कुखुरा छन् । साथै बारीमा २५० बोट हजारे जातका केरासमेत शर्माले लगाउनुभएको छ ।

त्यसैगरी शर्माद्वयले आग्र्यानिक कृषि, माछापालन र रेष्टुरेन्ट सञ्चालन गर्ने सोच रहेको बताउनुभयो । व्यवसाय सुरु गर्नुभन्दा पहिला बजारको अध्ययन गरेको उहाँहरुको भनाइ रहेको छ । “मैले बजारको राम्रोसँग अध्ययन पनि गरेको छु”, दीर्घ शर्माले भन्नुभयो, “उत्पादन गर्न सके बजारको समस्या छैन ।”

विदेशमा अध्ययन गरेको सीपलाई स्वदेशको आफ्नै व्यवसायमा प्रयोग गर्ने दीर्घका कान्छा भाइ मुकुन्दले बताउनुभयो । दाइले कृषि व्यवसाय थालेपछि खुशी हुँदै आफू पनि स्वदेश फर्किएको उहाँकोे भनाइ छ । विदेशमा गर्ने परिश्रम गाउँमै गर्न सके दामका साथै नाम पनि कमाउन सकिने उहाँले बताउनुभयो । पढेलेखेका युवाले कृषि पेशा गर्नुहुन्न भन्ने भ्रमलाई चिर्न पनि आफूहरु गाउँ फर्किएर पेशा शुरु गरेको उहाँहरुको भनाइ छ ।

शर्मा दाजुभाइले सञ्चालन गरेको यस फार्ममा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । म्याग्दीलाई मासु, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यसहित कृषि कर्ममा लागेका यी दुई भाइले त्यसैबाट व्यावसायिक लाभ लिने लक्ष्य राखेका छन् । दुई भाइले फार्मको जिम्मा लिएका भए पनि यसमा लगानी भने शर्माका चार भाइको रहेको छ । जेठा दाइ दीपक अमेरिकामा कार्यरत छन् भने माहिला दाइ निजामती सेवामा छन् । चार भाइको सामूहिक लगानीमा शुरु गरिएको व्यवसायको क्षेत्र बढाउने सोचमा रहेको दीर्घप्रसादले बताउनुभयो ।

कुखुरापालन व्यवसायमा चल्ला हुर्काउनमा ठूलो चुनौती हुने शर्मा भन्नुहुन्छ । कुखुरापालन जोखिमपूर्ण व्यवसाय भएकाले चल्ला हुर्काउँदा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ रहेको छ । व्यवसायको शुरुआतमै राम्रो भएकाले सफल हुने उहाँको विश्वास रहेको छ । कुखुरापालन व्यवसायमा रोग नलागेमा र मौसमले साथ दिएमा राम्रो आम्दानी हुने उहाँको भनाइ रहेको छ ।