७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण गर्नुपर्छ : मन्त्री यादव



अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै डेंगुको औषधी नभएको भन्दै उनले यसको नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय भएको बताएका हुन् ।

मन्त्री यादवले यस्ता रोग व्यवस्थापनमा सफलता मिलिरहेको भन्दै अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु नपर्ने र डेंगु रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे पनि उनले जानकारी गराएका हुन् ।

८५ स्थानीय तहमा डेंगु नियन्त्रणका लागि १ करोड ६६ लाख रकम र प्रदेशमा डेंगु लगायतका प्रकोप गराउने रोग नियन्त्रणमका लागि ६ करोड १७ लाख पठाइसकिएको मन्त्री यादवले जानकारी दिए । स्थानीय र प्रदेश सरकारले समेत त्यस्ता प्रभावित क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको पनि मन्त्री यादवले बताए ।

मन्त्री यादवले हाल ५६ जिल्लामा साउन १ देखि भदौ ३० सम्म ५ हजार ९५ संंक्रमित भइसकेको र ६ जनाको मृत्यु भएको जानकारी दिए । विश्वमा प्रत्येक वर्ष ३९ करोड मानिसमा डेंगुको संक्रमण देखिएको र विश्व स्वास्थ्य संगठनले समेत विश्वको दश प्रमुख खतरामध्ये डेंगुलाई पनि एक मानेको बताए ।

देशभर डेंगुले आतंक मच्चिँदा पनि स्वास्थ्यमन्त्री मौन रहेको भन्दै सांसदहरुले आलोचना गर्दै आएका थिए ।