१० भाद्र २०८३, बुधबार
,
Latest
एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण गर्नुपर्छ : मन्त्री यादव



अ+ अ-

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै डेंगुको औषधी नभएको भन्दै उनले यसको नियन्त्रणका लागि डेंगु सार्ने लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय भएको बताएका हुन् ।

मन्त्री यादवले यस्ता रोग व्यवस्थापनमा सफलता मिलिरहेको भन्दै अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु नपर्ने र डेंगु रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे पनि उनले जानकारी गराएका हुन् ।

८५ स्थानीय तहमा डेंगु नियन्त्रणका लागि १ करोड ६६ लाख रकम र प्रदेशमा डेंगु लगायतका प्रकोप गराउने रोग नियन्त्रणमका लागि ६ करोड १७ लाख पठाइसकिएको मन्त्री यादवले जानकारी दिए । स्थानीय र प्रदेश सरकारले समेत त्यस्ता प्रभावित क्षेत्रमा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको पनि मन्त्री यादवले बताए ।

मन्त्री यादवले हाल ५६ जिल्लामा साउन १ देखि भदौ ३० सम्म ५ हजार ९५ संंक्रमित भइसकेको र ६ जनाको मृत्यु भएको जानकारी दिए । विश्वमा प्रत्येक वर्ष ३९ करोड मानिसमा डेंगुको संक्रमण देखिएको र विश्व स्वास्थ्य संगठनले समेत विश्वको दश प्रमुख खतरामध्ये डेंगुलाई पनि एक मानेको बताए ।

देशभर डेंगुले आतंक मच्चिँदा पनि स्वास्थ्यमन्त्री मौन रहेको भन्दै सांसदहरुले आलोचना गर्दै आएका थिए ।