• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

मन्दिर ब्यवस्थापन समितीको साधारण सभा सम्पन्न



उर्मिला यादव, सुनवल । श्री दुर्गा मन्दिर ब्यवस्थापन समितीको सुनवल १२ भुमहीको १९ साधारण सभा बिहीबार भुमहीमा सम्पन्न भएको हो ।
श्री दुर्गा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षता तथा दिवा सेवा समितीका संयोजक धन प्रसाद पौडेलको प्रमुख आथित्यतामा १९ औ साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा श्री दुर्गा मन्दिर ब्यवस्थापन समितीका उपाध्यक्ष लक्ष्मी प्रधानले स्वागत मन्तय राख्नु भएको थियो भने समितीका अध्यक्ष भेषराज न्यौपानले मन्दिरको प्रगति बिवरण प्रस्तुत गर्दै बिगत लामो समयदेखि मन्दिर ब्यवस्थापनमा खटिएको र यसको उचित ब्यवस्थापनका लागी तन, मन र धनले अगाडी बढिरहेको बताउनु भएको छ ।

उहाले बिभिन्न समिती , उपसमिती , निमार्ण गरेर मन्दिरको बिकासमा आफुहरु हरपल लागी परेको बताउदै समिती र उपसमितीले धेरै प्रयास गर्दा पनि अझै पनि टारगेटमा पुग्न नसकेको बताउनु भएको छ । मन्दिर ब्यवस्थापनमा बिगतको समय भन्दा अहिलेको समयमा कामहरु धेरै सम्पन्न गरेको स्मरण गराउदै स्थापना कालदेखि नै मन्दिर ब्यवस्थापन र बिकासमा लाग्नु भएका सम्पुर्ण ब्यक्तित्वहरुलाइ धन्यवाद दिनु भएको थियो ।

तत्कालिन समयमा मन्दिरको ब्यवस्थापन नगरिदिएको भए आज यहा सम्म पुग्न नसकिने अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

स्थापना कालदेखि नै मन्दिरको ब्यवस्थापनमा गरीएको प्रयासमा आफुहरुले इटटा थप्दै गएको उहाले बताउनु भएको छ । अध्यक्ष न्यौपानेले सबैको सहकार्यबाट हामी काम गर्नुपर्ने र समिती मार्ग निर्देशन मात्र बताउनु भएको छ । उहाले निर्माण भैरहेका मन्दिरहरुमा बिभिन्न संघ संस्था र ब्यक्तित्वहरुबाट सहयोग प्राप्त भैरहेको बताउदै मन्दिर ब्यवस्थापन समितीको कोषबाट रकम खर्च नभएको बताउनु भएको छ ।

मन्दिरको शिवालय , धर्मशाला , पुजा गर्ने चौको , अखण्ड दिप प्रज्वलन मन्दिर , गणेश मन्दिर , नौ ग्रहमन्दिर , निमार्णमा कोषबाट लगानी नगरी प्राप्त भएका सहयोगबाट कार्य गर्दै आएको बताउदै यस्तो सहयोगको अपेक्षा सधै रहिरहने बिश्वास ब्यक्त गर्नु भएको छ । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष भेषराज न्यौपानले मन्दिरको मातहतमा रहेर दिवा सेवा संचालन गरीएको समेत बताउनु भएको छ । उहाले दिवा सेवा बिगत दुइ बर्षको पहिलो कार्यकाल चुरामणी भटटराइ बाट सुरु भएको बताउदै दोस्रो कार्यकाल धनप्रसाद पौडेलको नेतृत्वमा संचालन भैरहेको जानकारी दिनु भएको छ ।
सुनवल नगरपालिका वडानम्बर १२ भुमहीमा रहनु भएका जेष्ठ नागरीकहरुलाइ घरमा बस्दा दिन काटने बाटो नभएकोले मन्दिरमा उहाहरुको लागी भजन किर्तन , लगायत टेलिभिजन हेर्ने लगायतका दिवा सेवा संचालन गरीएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ । उहाले चालु आर्थिक बर्ष २०७५ र ७६ को लागी सुनवल सामुदायिक प्रतिष्ठाबाट गत बर्ष एक लाख बराबरको नगद तथा सामानहरु प्राप्त भएको जानकारी दिनु भएको छ ।

यस्तै गरी मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष यमलाल पाण्डेले दुर्गा मन्दिर ब्यवस्थापन समितीको आयब्यय प्रस्तुत गर्दै प्रदेशनम्बर ५ का प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेल मार्फत संघिय संसदलाइ प्राप्त हुने ६ करोड, रुपैयामध्ये गतबर्ष २०७५, ७६ मा दुर्गामन्दिर हल निमार्णका लागी स्थानिय साझेदारी बिकास कोष अन्र्तगत २० लाख रुपैया प्राप्त भएको जानकारी दिनु भएको छ ।

समितीका कोषाध्यक्ष पाण्डेले २०७५, ७६आयब्यय बिवरण अन्र्तगत आयतर्फ मौज्दात रकम १लाख ८ हजार १ सय ६४ रुपैया रहेको जानकारी दिनु भएको छ । गतबर्षको नगद तर्फ ६ सय ११ रुपैया , यस्तै गरी लगानी गरेको सावा रकम असुलीमा रहेको २७ लाख आम्दानी साथै ६ लाख ४३ हजार २ सय रुपैया ब्याज प्राप्त भएको बताउनु भएको छ । यस्तै गरी दुर्गा मन्दिरको रसिद आम्दानी तर्फ ७६ हजार ३ सय १३ रुपैया , अखण्ड दिप तर्फ नगदी १५ हजार रुपैया , दान तर्फ ३१ ह्जार ८ सय ११ रुपैया , घरभाडाबाट दुइ हजार एक महिनाको दरले ९ महिनाको १८ हजार रुपैया आम्दानी गर्न सफल भएको बताउनु भएको छ ।

उहाले कुल खर्च २७ लाख ३० हजार , रहेको बताउदै ३६ लाख ११ हजार १ सय ३२ रुपैया आम्दानी गर्न सफल भएको बताउनु भएको हो ।

कार्यक्रममा दुर्गा मन्दिर ब्यवस्थापन समितीका आजीवन सदस्य प्रेमलाल भण्डारी , र चिरन्जिवी बस्याल लगायतले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन दुर्गा ब्यवस्थापन समितीका सचिव गोपाल प्रसाद पाण्डेले गर्नु भएको थियो ।