४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

कृषि बाली बीमाको व्यवस्था गरिएको छ : मुख्यमन्त्री पौडेल

कृषि बाली बीमाको व्यवस्था गरिएको छ : मुख्यमन्त्री पौडेल
अ+ अ-

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताउनुभयो ।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उहाँले किसानका समस्या धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको समस्या धेरै छन् कहिले प्रकृतिको कारणबाट कहिले बीउबिजनको कारणले क्षति हुने गरेको छ । त्यसको समाधानको लागि पनि सरकारले बाली बीमाको व्यवस्था गरेको छ ।”

व्यावसायिक कृषि गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले अब निर्वाहमुखी कृषिकोभरमा बस्न नहुने सुझाव दिनुभयो । प्रदेश सरकार बनेको छोटो समय भएको भन्दै उहाँले देखिने गरी काम गरिसक्न नपाएको बताउनुभयो ।

सयौं वर्षको इतिहास बोकेको सङ्घीय सरकारका अगाडि दुई वर्षको प्रदेशलाई तुलना गर्न नमिल्ने उहाँको भनाइ थियो । किसानलाई सरकारको आलोचना भन्दा सहकार्य गरेर लाभ लिन पौडेलले सुझाव दिनुभयो ।

सो अवसरमा केराखेतीको विकास र प्रवद्र्धनमा विशेष योगदान पुर्याएकोमा नेपाल टेलिभिजनका चितवन सम्बाददाता ईश्वर जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीलगायतका व्यक्तिहरुलाई मुख्यमन्त्री पौडेलले दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको थियो ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले चितवनमा करीब–७ सय किसानले तीन हजार बिगाहामा केराखेती गर्दै आएको र वार्षिक रु एक अर्ब ५० करोडको केरा उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, उद्योग वाणिज्य महासङ्घका सदस्य कल्याण जोशी, सङ्घका पूर्व अध्यक्षद्वय लक्ष्मण सुवेदी र कृष्णहरि पन्त लगायतले बोल्नुभएको थियो ।