४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय

सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय
अ+ अ-

सल्यान । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बन्नुभएको छ । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आउनुभएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा हुनुहुन्छ । घर नजीकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर मुश्किलले महिनामा दुईचार दिन मात्रै खानीमा आउनुहुन्छ ।

सल्यान, रोल्पा, रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट सङ्कटमा परेसँंगै घट्ट निर्माण पेशा पनि सङ्कटमा पर्न थालेको छ । बितेका तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउनुुहुन्छ । “मैले १६ वर्षको उमेरदेखि घट्ट बनाउन शुरु गरे त्यतिबेला एकजोडा घट्टको मूल्य ८ हजार रुपैयाँ थियो, काम पनि त्यत्तिकै आउँथ्यो, हामी २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो अहिले छ महिनामा एकजोडा पनि बिक्री हुँदैन”, पुनेले भन्नुभयो ।

घट्ट बनाएरै आफ्ना छोराछोरीको पढाइ तथा खर्च टार्दै आउनुभएका नरबहादुर पनि घट्ट व्यवसाय सङ्कटमा परेपछि चिन्तित हुनुहुन्छ । “ कुनै बेला काममा भ्याइ नभ्याइ भयो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै सङ्कटमा परेन, परिवारको आम्दानी पनि बन्द भयो ”, नरबहादुरले भन्नुभयो ।

फलाटेमा तीन ठाउँमा पानीघट्टको खानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको खानी मजदूरको गुनासो छ । “यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो ।” स्थानीयवासी पूर्णबहादुर रेउलेले भन्नुभयो । उहाँका अनुसार खानीबाट रु तीन करोड बढीका घट्ट बिक्री भइसकेको छ ।

अहिले एक जोडा घट्टको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने पूर्णबहादुर रेउलेको भनाइ छ । “एक जोडा घट्ट निर्माण गर्न चारदेखि छ दिनसम्म लाग्छ तर अहिले पेशा सङ्कटमा परेपछि मानिस भारत तथा अन्य देशमा पलायन हुन थालेका छन्”, पूर्णबहादुरले भन्नुभयो ।
पानी घट्ट निर्माण व्यवसाय प्रचारप्रसार तथा व्यवस्थित गर्न सके गाउँमै स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाले खानी व्यवस्थित गर्नका लागि माग नआएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । “कुनै बेला मैले पनि घट्ट बनाउने काम गरेको हुँ, समस्या छ तर पनि के गर्ने भन्ने माग नै आएको छैन”, अध्यक्ष चलाउनेले भन्नुभयो ।

उहाँहरुले माग गर्न आएमा गाउँपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । “यहाँ पानी घट्ट बनाउने २५ जना छन् उहाँहरुले यसलाई व्यवस्थित गर्नका लागि ठोस योजनासहित माग गर्न आउनुभयो भने हामी सहयोग गर्न तयार छौं”, अध्यक्ष चलाउनेले भन्नुभयो । जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेपछि घट्टसमेत कम हुँदै गएकाले माग घटेको हुन सक्ने अध्यक्षको भनाइ छ । “विभिन्न कारणले पानी घट्टको माग कम भएको हुन सक्छ, यसलाई बुझेर गाउँपालिकाले पनि योजना बनाउँछ”, अध्यक्ष चलाउनेले भन्नुभयो ।