२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण



फाइल फोटो
अ+ अ-

जनकपुरधाम। मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभाबाट पारित दुईवटा विधयेक आज प्रमाणीकरण गर्नुभएको छ ।

मधेस प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ र मधेस प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ प्रदेश प्रमुख कर्णले प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश प्रमुख कर्णले प्रदेशसभाबाट पारित दुवै विधेकहरु नेपालको संविधान २०७२ को धारा २०१ को (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजिपकुमार दुब्बेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । रासस