३१ असार २०८३, बुधबार
,
Latest
सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ



अ+ अ-

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा डा सुनिलकुमार जोशी र रजिष्ट्रार डा भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । शिक्षा मन्त्रालयमा आज भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा डा जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो ।

सिफारिस समितिका संयोजक प्रा डा जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री पोखरेलमार्फत सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रका १० विज्ञको सिफारिस प्रक्रिया १० स्वास्थ्य क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न भएको बताउनुभयो । उहाँले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गर्नुभयो ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । बैठकमा सहकुलपतिद्वय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता उपस्थिति हुनुहुन्थ्यो । रासस