१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दर यातायात प्रालिको ५० वटा नयाँ बस आउँदै



अ+ अ-

काठमाडौं । सुन्दर यातायात प्रालिले यो वर्ष ५० वटा नयाँ बस ल्याउने तयारी गरेको छ। हाल ११ वटा बस सञ्चालन गर्ने अन्तिम तयारी गरेको यातायातले तिहारलगत्तै ५० वटा बस ल्याउने सम्झौता गर्न लागेको छ। एक वर्षभित्र नयाँ ५० सहित सुन्दर यातायातसँग ६१ वटा बस हुने भएका छन्। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले चीनको चाइना बीएके ग्रुप एलडी मोटर सेन्चुवा अटो कम्पनीले निर्माण गरिरहेको ती बसको ब्याट्री जडान गरेपछि सम्झौताको कार्यान्वयन हुने बताए ।

‘ब्याट्री जडान गरेसँगै कम्पनीले हामीलाई बस हस्तान्तरण गर्नेछ, हस्तान्तरण गरेको ४० दिनमा बस नेपालमा पठाउनुपर्नेछ।’ उनले भने। अन्तर्राष्ट्रिय नियमअनुसार विद्युतीय बस निर्माणलगत्तै ब्याट्री जडान गर्दा सम्झौता गर्ने प्रचलन रहेको थापाले बताए । ‘ब्याट्री जडान गरेको ४० दिनभित्र बस नपठाए दैनिक ५ हजार डलर जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था भएकाले ४० दिनभित्र बस पठाउनै पर्ने उनले बताए ।

Electric bus

‘तिहारलगत्तै ५० बसको सम्झौता गर्न हामी चीन जाँदै छौं।’ –उनले भने । चीनबाट ल्याइएका ती विद्युतीय बसमध्ये २५ वटा उपत्यकामा र २० वटा प्रदेश १ र ५ मा सञ्चालन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ।

‘प्रदेश नम्बर १ को विराटनगर, काकडभिट्टा, धरानका विभिन्न रुट र प्रदेश ५ को विभिन्न शहरका विभिन्न रुटमा बस सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं।’ –अध्यक्ष थापाले भने। प्रदेश सरकार र सुन्दर यातायातले दुईवटै प्रदेशमा चार्जिङ स्टेसन निर्माण गर्ने गृहकार्य गरिरहेको जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट