२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्बेकिस्तानलाई हराएर नकाउटमा पुग्यो डीआर कंगो, कोरिया बाहिरियो



अ+ अ-

काठमाडौँ। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानमाथि ३–१ को पुनरागमन जित निकाल्दै ऐतिहासिक रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले अन्तिम समयमा कमब्याक गर्दै ३–१ गोलअन्तरको जित निकालेको हो ।

खेलको पहिलो हाफमा उज्वेकिस्तानले १-०को अग्रता बनाएको थियो। दोस्रो हाफमा डीआर कंगोले पुनरागमन गर्‍यो। खेलको १० औं मिनेटमा उज्वेकिस्तानका एल्डोर सोमुरोडोभ बोल गर्दै अग्रता बनाएका थिए।

पहिलो हाफमा यही गोलको आधारमा उज्वेकिस्तानले अग्रता बनायो। खेलको दोस्रो हाफमा ६८ औं मिनेटमा कंगोले पेनाल्टीको मौका पायो। जसलाई योवान विसाले उज्वेकिस्तानको पोस्टमा सजिलै प्रहार गरिदिए।‌ यही गोल मार्फत कंगोले उज्वेकिस्तानसँग बराबरी गर्‍यो।

खेलको ७८ औं मिनेटमा फिस्टन मायोलेले गोल गर्दै कंगोलाई २-१ अग्रतामा ल्याए। निर्धारित ९० मिनेटमा थप गरिएको इन्जुरी समयमा योवान विसा व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। यही गोल नै निर्णायक सावित भयो। ४ अंकसहित डिआर कंगो तेस्रो स्थानमा रह्यो। यो समूहबाट कोलम्बिया, पोर्चुगल र डिआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्।




भर्खरै