२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गर्नुभयो । साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उहाँले विशेष अनुरोध गर्नुभयो ।

हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिक सीप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । उहाँले सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राजदूतले साउदी सरकारसँग आवश्यक परामर्शपश्चात् यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनुभएको श्रमन्त्रीको सचवालयले जनाएको छ । रासस