१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल



अ+ अ-

काठमाडौँ।सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताउनुभएको छ ।

गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फस्र्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र २४ गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनु भयो ।

उहहाँले प्रतिकूल परिस्थितिका बाबजुद आगामी दिनमा कार्यसम्पादन बढाएर यसलाई व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । न्यायपालिकाको स्वतन्त्रताको विषयमा बोल्दै न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यमलाई न्यायपालिकाको आवाज जनमानसमा पु¥याउने सहयात्री र परिपूरकका रूपमा चित्रण गर्नुभयो ।

पछिल्लो समय चर्चामा रहेको ‘मिडिया ट्रायल’ र समाचार संप्रेषणको सीमाका सम्बन्धमा उहाँले सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले यसको परिधि स्पष्ट पारिसकेको बताउनु भयो । प्रेस स्वतन्त्रता र अदालतको अवहेलनाबीचको सन्तुलनका विषयमा तीर्थप्रसाद पोखरेल, गोविन्द केसी र सिधाकुरा डटकमसँग सम्बन्धित मुद्दाहरूमा अदालतले स्कोप र सीमाहरू व्याख्या गरिसकेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शिघ्र न्याय प्रदान गर्ने विषयमा पनि हामी प्रतिवद्ध छौँ । त्यसका लागि गत वर्ष हामीले ८ वर्षभन्दा पुराना मुद्दा फस्र्यौट गर्ने लक्ष्य पूरा गरेका थियौँ । यस वर्ष ५ वर्षभन्दा पुराना मुद्दा फस्र्यौट गर्ने लक्ष्य लिएका थियौँ र त्यसअनुसार काम पनि शुरु गरिसकेका थियौँ । तर यहाँहरू सबैलाई वर्तमान परिस्थिति ज्ञात नै छ । त्यसैले हामीलाई यसमा असाध्यै कठिन अवस्था आइपरेको छ, दाँतमा ढुङ्गा लागेजस्तै भएको छ । म यति मात्रै निवेदन गर्न चाहन्छु । नत्र आज यहाँहरूसमक्ष निर्धक्कका साथ भन्न सक्थ्यौँ कि, आज असार १२ गतेसम्म आइपुग्दा असार मसान्तसम्म ५ वर्ष नाघेको कुनै पनि मुद्दा बाँकी रहने छैन भन्ने लक्ष्यका साथ हामी काम गरिरहेका थियौँ । तर अस्वाभाविक रूपमा २४ गतेको घटनापछि मिसिलसम्बन्धी उत्पन्न परिस्थितिले हामीलाई निकै पछाडि धकेल्यो । यति मात्र होइन, यसपालि मुद्दाको सङ्ख्या पनि बढ्न सक्छ । त्यसका लागि हामीलाई गाली नगरिदिनुहोला । आगामी दिनमा त्यसको क्षतिपूर्ति गर्ने प्रयासमा हामी लाग्नेछौँ । यसमा हाम्रो प्रतिवद्धता पनि यहाँहरूमार्फत आम जनसमुदायसमक्ष व्यक्त गर्न चाहन्छौँ । स्वतन्त्र न्यायपालिकाप्रति यहाँहरूले देखाउनुभएको चासो र चिन्ताका लागि धन्यवाद । मैले अघि नै पनि निवेदन गरेको थिएँ । हाम्रो सारथी, परिपूरक र हाम्रो आवाजलाई बुलन्द गर्ने माध्यम यहाँहरू नै हुनुहुन्छ । हामी स्वतन्त्र न्यायपालिकाका हिमायती थियौँ, छौँ र रहनेछौँ । म यति मात्रै निवेदन गर्न चाहन्छु । जहाँसम्म यहाँहरूले मिडिया ट्रायल र समाचार कति दिनसम्म प्रकाशित गर्न पाइन्छ, त्यसको सीमा (लिमिटेसन) र दायरा (स्कोप) के हो भन्ने विषय उठाउनुभएको छ, मैले त्यसै रूपमा बुझेँ । मैले आफ्नो प्रश्तुतिमा पनि भनेको थिएँ कि प्रेस स्वतन्त्रता र अदालतको अवहेलनाबीचको सीमारेखालाई दृष्टिगत गर्दै हामीले केही मापदण्ड अपनाएका छौँ । यो विषय मेरो कार्यपत्रमा पनि उल्लेख छ । विशेषगरी तीर्थप्रसाद पोखरेल, गोविन्द के.सी. र ‘सिधाकुरा’ सम्बन्धी चार–पाँचवटा मुद्दाका फैसला यहाँहरूले हेर्नुभयो भने, त्यहाँ हामीले यस विषयको दायरा र सीमा पष्ट रूपमा व्याख्या गरेका छौँ ।’

अदालतले न्याय सम्पादनलाई शिघ्र र प्रभावकारी बनाउन आफ्नोतर्फबाट प्रयास जारी राखेको बताउँदै उहाँले वस्तुगत परिस्थितिलाई बुझिदिन आम जनसमुदाय र सञ्चारकर्मीहरूसमक्ष आग्रह समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल