१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहले सरकारी सम्पतीको दोहन र भ्रष्टाचार गर्नेहरूविरुद्धको बारहीमा अख्तियारलाई आवश्यक परे पाँच वर्ष नै सोधपुछ गरिने चेतावनी दिनुभएको छ ।

आईतवार पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । केही दिनअघि मात्रै सरकारले प्रधानमन्त्री कार्यालय बोलाएर पाँच घण्टासम्म अख्तियारका कर्मचारीलाई थुनेर राखेको भन्दै समाचार प्रकाशित भएको थियो । सोही समाचारप्रति लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । कसैसँग निहुँ नखोज्ने तर विगतमा भएका सरकारी सम्पतीको दोहन भ्रष्टाचारमा भने निहुँ खोजेरै भएपनि कारबाही गर्ने चेतावनी दिनुभयो । आफूहरुले कुनै नियम, कानून नमिच्ने भन्दै नियममै बसेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘निहुँ खोज्नुपरे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ । कस्तो केसमा मात्रै भने, विगतका केही दिनमा वा विगतका दिनहरूमा कुनै फटाइँ भएको छ, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दुरुपयोग भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ । त्यहाँ निहुँ खोज्छौँ हामी । र त्यो निहुँ खोज्दै गर्दा अख्तियारसँग पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन, पाँच वर्ष पनि गर्र्छौं । पाँच वर्षसम्म अख्तियारसँग सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नुपर्दैन । हामीले नियम–कानून मिच्दैनौँ । नियममै बसेर काम गर्छौं । नियमभन्दा बाहिर जाँदैनौँ । हाउभाउ हेर्दाखेरि, सामाजिक सञ्जाल र मिडियाहरूमा हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला । त्यो देखिएको मात्रै हो, सबै कुरा नियन्त्रणमा छन् । कुनैपनि कुरा नियन्त्रणबाहिर गएको छैन । कुनैपनि विषयमा चिन्ता लिनुपर्दैन ।’

विगतका दिनहरूमा भएका सरकारी सम्पती र रकमको दुरुपयोगलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो । साहले कानुनी प्रक्रिया र अनुसन्धानका लागि संवैधानिक निकायहरूसँग समन्वय गर्न आफूहरू प्रतिवद्ध रहेको समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल