१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस

कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
अ अ+ अ-

विराटनगर।  कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेस गर्नुभएको छ ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब १० रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण गरिएको उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ७२ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२/८३ मा सुधार भई तीन दशमलव १३ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६७ दशमलव पाँच प्रतिशत रहने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ ।

उहाँले आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४१० अमेरिकी डलर रहने प्रक्षेपण छ ।

विशेष समय

कोशी प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बोले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेको उल्लेख गर्र्दै स्थानीय जनताले आफ्नै बलमा ती सुरक्षाकर्मीहरुलाई धपाउनु गौरवको काम भएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट समावेशी, पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

आकस्मिक समय

कोशी प्रदेशसभाको आकस्मिक समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिकाको बखरीस्थित सम्पत्र बस्तीको विषयमा उठेको विषयमा असहमति जनाउनभयो । उहाँले क्रृषिदेव समुदायका लागि बनाइएको सम्पत्र बस्तीमा कुनै पनि आर्थिक चलखेल नभएको र अहिले त्यहाँका बसोबासी जग्गाधनी भएकामा जोड दिनुभयो ।

शून्य समय

कोशी प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य जीवन आचार्य, गीतादेवी रेग्मी, गोम्बू शेर्पा र शीला दीक्षित कार्कीले प्रदेशको विविध पक्षमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४ बजे बस्नेछ ।  रासस