१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

मानव-वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै

मानव-वन्यजन्तु द्वन्द्वका घट्ना बढ्दै
अ अ+ अ-

काठमाडौं । वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अ’तिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्व’न्द्व बढ्दै गएको छ ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ । यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चालू आर्थिक वर्षको तीन महीनामा बाघको आक्रमणबाट तीन जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट एक जनाको मृ’त्यु भएको छ । यसैगरी वन्यजन्तुको आक्रमणबाट सात जना सख्त घा’इते, तीन जना सामान्य घा’इते र ३३३ पशुधनको क्षति भएको तथ्याङ्क छ ।

वन्यजन्तुको आक्रमण तथा क्षतिका लागि चालू आवमा विभागले हालसम्म जम्मा एक करोड, पाँच लाख ३७ हजार ५३० राहत वितरण गरिसकेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बाघ, गैँडा, हात्ती, चितुवा, बँदेल, जङ्गली ब्वाँसो, जङ्गली कुुकुर, भालु, हिउँ चितुवालगायत वन्यजन्तुबाट संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा सो क्षति भएको हो ।

त्यस्तै गत आवमा मुलुकभर वन्यजन्तुको आक्रमणबाट जम्मा ३० जनाको मुत्यु भएको थियो । जसमध्ये हात्तीबाट १५, गैँडाबाट दुई, बाघबाट चार, चितुवाबाट छ, जङ्गली कुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एक÷एक जनाको मृत्यु भएको विभागको तथ्याङ्क छ ।

उक्त अवधिमा वन्यजन्तुबाट ११८ जना सख्त घाइते र १९ जना सामान्य घाइते भएका थिए भने एक हजार ५९३ पशुधनको क्षति भएको थियो । सो अवधिमा विभागले वन्यजन्तुबाट भएको क्षतिमा कूल रु आठ करोड ९० लाख ८४ हजार राहत वितरण गरेको थियो ।

आव २०७३/७४ मा देशभर मानव–वन्यजन्तु द्वन्द्वका कारण २२ जना मानिसको मृत्यु भएको थियो भने आव २०७४/७५ मा करीब एक दर्जन व्यक्तिको मृत्यु भएको तथ्याङ्क छ । साथै तस्करले वन्यजन्तुको शिकार गरी विदेश लैजानेक्रम पनि रोकिएको छैन । वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी तथ्याङ्क हेर्दा काठमाडौँमा मात्रै रेडपाण्डा, चितुवा, सालक, बाघ, ठूला बिरालो, कस्तुरी, गौरीगाई, रतुवा, ध्वाँसे चितुवा, मृग, भालु, हुचिल, दुर्लभ चराचुरुङ्गी लगायतका वन्यजन्तु र पक्षीका अङ्गको तस्करीको घटना पनि बढ्दो क्रममा छन् ।

वन्यजन्तुको आक्रमणबाट मुत्यु भएका व्यक्तिका परिवारलाई रु १० लाख, सामान्य घाइते भएकालाई बढीमा रु २० हजार र सख्त घाइते भएका व्यक्तिलाई रु दुई लाखसम्म राहत दिनुपर्ने कानूनी प्रावधान छ । सख्त घाइतेको हकमा रु दुई लाखले अपुग भएमा उपचारको सम्पूर्ण खर्च विभागले व्यहोर्ने तर उपचार भने सरकारी अस्पतालमा हुनुपर्ने व्यवस्था छ ।

यसैगरी क्षतिको कृषि बाली क्षतिका सम्बन्धमा बढीमा रु १० हजार (एक मौसममा दुई पटकसम्म), पशुधनको क्षतिमा प्रति ठूला जनावर (गाई, गोरु, भैँसी) को मृत्यु भएमा रु ३० हजार र अन्य साना जनावरको हकमा रु १० राहतस्वरुप दिने गरिएको छ । अन्न भण्डारण क्षति भएमा र घरगोठ क्षति भएमा बढीमा रु १० हजार राहत दिने व्यवस्था रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

यस्तै वन तथा वातावरण मन्त्रालयले ‘वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना’मार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । बढी जोखिम देखिएका क्षेत्रमा जनचेतनामूलक कार्यक्रम नियमितरुपमा गरिरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै विभागले संवेदनशील मानव बसोबास क्षेत्रमा भौतिक पर्खाल, तारबार र अवरोध निर्माण गर्ने सोलार र विद्युतीय तार राख्ने, ट्रेन्च खन्ने, टावर र मचान बनाएर सूचना दिनेलगायतका कार्य गर्दै आएको छ । हात्तीबाट बढी प्रभावित चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा टावर बनाएर साइरन राखेको तथा बर्दियामा बस्तीमा हात्ती आएको खबर स्थानीय जनताको मोबाइलमा सन्देश आउने व्यवस्थासमेत परीक्षणका रुपमा शुरु गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै समुदायमा आधारित सचेतना कार्यक्रम निरन्तर गरिएको र स्थानीयसँग वन्यजन्तुका आनीबानीसम्बन्धी अनुभव आदानप्रदानसमेत गर्ने गरिएको छ । यसबाहेक विभागले संरक्षण क्षेत्रमा सवारी साधनबाट वन्यजन्तुमाथि हुने क्षतिको अध्ययन र नियन्त्रणका लागि मुख्य राजमार्गका विभिन्न स्थान सिसीटिभीसमेत राखेर निगरानी बढाएको छ ।