३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध



अ+ अ-

काठमाडौँ। राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न सरोकार भएकालाई अनुरोध गरेको छ ।

परिषद्ले आज विज्ञप्ति जारी गरी बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेलमार्फत बालअधिकारको सम्मान र सुनिश्चितता लागि थप सक्रिय हुन पनि अनुरोध गरेको हो ।

अन्तरराष्ट्रिय खेल दिवसका अवसरमा आफ्नो धारणा व्यक्त गर्दै परिषद्ले भनेको छ, “संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा नेपालको संविधान, २०७२ र बालबालिकासम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको बालबालिकाको विश्राम, मनोरञ्जन र खेलको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न परिवार, विद्यालय, समुदाय तथा राज्यका सबै तहको साझा प्रतिबद्धता र सार्थक रुपमा कार्यान्वयनको आवश्यकता छ ।”

खेल खेल्न तोकिएका स्थान तथा विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी अभ्यासको वातावरणले बालबालिकाविरुद्धको हिंसा, बाल यौन दुव्र्यवहार, विभेद् तथा शोषणबाट बालबालिका सुरक्षित हुन तथा उनीहरूको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने परिषद्को भनाइ छ ।

परिषद्ले सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, समुदाय, विद्यालय, स्थानीय तह तथा सरोकार भएका निकाय तथा संस्थालाई बालबालिकाको संवैधानिक र कानुनी रूपमा खेल्न पाउने अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न पनि आह्वान पनि गरेको छ ।

“खेल बालबालिकाको आधारभूत अधिकार मात्र नभई उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागितासम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनको महत्वपूर्ण माध्यम हो”, परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ, “खेलले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक योगदान पुर्‍याउनुका साथै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील, क्रियाशील र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउँछ ।” रासस